Play

चर्को आवाज निकालेर सडकमा गुडेका ३५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

गुरुकुल खबर


पोखरा,  जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाइहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा शुरु गरेको अभियान अन्तर्गत स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाजमा ध्वनी प्रदूषण गर्दै सडकमा गुडेका ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिईएको छ ।

वैशाख ३ गतेदेखि वैशाख १४ गतेसम्म गरिएको चेकजाँचमा ३५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एबम प्रहरी निरिक्षक शोभा पाण्डेले गुरुकुल खबरलाई जानकारी दिईन।

सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने क्रियाकलापले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै कडाइका साथ निगरानी थालेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (प्रनाउ) वसन्तकुमार शर्माले यो अभियानलाई निरन्तरता दिईने बताए ।

जिल्ला प्रहरी कार्यालयले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्दै मोटरसाइकल चलाएको थाहा पाएमा जिल्ला प्रहरी कार्यालयको ‘१००’ नम्बर वा जिल्ला ट्राफिक प्रहरी कार्यालयको ‘१०३’ नम्बरमा टेलिफोन गरी सूचना दिन अनुरोध समेत गरेको छ।

१४ बैशाख २०८२, आईतवार २१:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा