Play

अडिर्टस एसोसिएसन गण्डकी प्रदेश समितिको अधिबेशन सम्पन्न, अध्यक्षमा कार्की सर्बसम्मत

गुरुकुल खबर


पोखरा, लेखापरिक्षक ब्यबसायीहरुको संस्था नेपाल अडिर्टस एसोसिएसन गण्डकी प्रदेश समितिको अधिबेशन सम्पन्न भएको छ अधिबेशनले गण्डकी प्रदेश समितिको अध्यक्षमा ज्ञानबहादुर कार्कीलाई निर्बिरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न अडिटर्स एसोसिअसन नेपाल (अडान) को गण्डकी प्रदेशको सातौं अधिवेशनले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

समितिको प्रथम उपाध्यक्षमा पदमबहादुर जिसी, उपाध्यक्षमा हरिलाल सापकोटा र प्रेमबहादुर जिसी, सचिवमा कमलबहादुर रेग्मी, सहसचिवमा सब्बु श्रेष्ठ र कोषाध्यक्षमा शिवहरि शर्मा निर्वाचित भए । सदस्यमा रुद्रकुमार श्रेष्ठ, यामनारायण लामिछाने, बोधराज पौडेल, विज्ञान गौतम र रामप्रसाद पाण्डे चुनिए ।

अधिबेशनको उद्घाटन गर्दै अडानका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले देशमा शान्ति सुव्यवस्था र आर्थिक क्षेत्रमा सुधार गर्न सकियो भने पेसागत सुरक्षा कायम रहने बताए ।

एसोसिएसनका निवर्तमान अध्यक्ष मोहनराज रेग्मीले विधि र विधानको अधिनमा रहेर काम गर्न पाउने वातावरण सिर्जना नहुँदा अडिटरको पेसा नै संकटमा रहेको बताए । मुलुकमा शान्ति सुव्यवस्था र नेपालमा उद्योग कलकारखाना सञ्चालनका लागि औधोगिक वातावरण बनेमात्र पेसा सुरक्षित हुने उनको भनाइ थियो ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका लेखा परिक्षकहरुको उपस्थिति थियो । गण्डकी प्रदेशका अध्यक्ष पदमबन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अडान कास्कीका अध्यक्ष गुणनिधि पाण्डेले भावी कार्ययोजना सहित कार्यपत्र पेस गरेका थिए ।

गण्डकी प्रदेशका अध्यक्ष पदमवन्धु पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष बिलबहादुर भुजेल, अडान गण्डकी प्रदेशका पूर्वअध्यक्ष केशबहादुर केसी, पूर्व पार्षद माधव पराजुली, सचिव कमलबहादुर रेग्मी, प्रदेशका उपाध्यक्ष ज्ञानबहादुर कार्की लगाएतले आआफ्नो भनाई राखेको अडानका शंकर ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिए ।

१३ बैशाख २०८२, शनिबार २२:१४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा