Play

नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय सधारण सभा सम्पन्न

गुरुकुल खबर


काठमाण्डौ, नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय साधारण सभा शानिबार सम्पन्न भएको छ । संघको केन्द्रीय कार्यालय हरिहर भवन ललितपुरमा भएको विशेष केन्द्रीय सधारण सभामा २६ जिल्लाका शाखा सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सभाले विधान संसोधनको प्रस्ताव पारित गर्नुको साथै आगामि दिनका रणनितिक योजनाहरु समेत तयार पारेको काठमाडौँबाट पत्रकार प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

विशेष साधारण सभामा बोल्दै नेपाल नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठले संस्थालाई दातृनिकायकोमा मात्र भर नपरि आत्मनिर्भर वन्ने तर्फ योजना बनाउन पर्ने बताए ।

कार्यक्रममा संस्थाले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन गरिएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा.प्रविण शाक्य, सिनियर एचआर म्यानेजर रविन्द्र कार्की, एक्टीभ प्रोग्राम डाइरेक्टर प्रमिश थापा, अर्थ निर्देशक नवराज ढकालले संस्थाका गतिविधिका वारेमा जानकारी गराएका थिए ।

नेपाल परिवार नियोजन संघका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य कमला सापकोटाले गरेको कास्की शाखाका अध्यक्ष नबिन सिग्देलले जानकारी दिए।

१३ बैशाख २०८२, शनिबार २१:०८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा