Play

एनटिभिए गण्डकीको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

गुरुकुल खबर


पोखरा, नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकर्पण गरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दाहाल, संस्थापक अध्यक्ष मदन शर्मा खनाल, पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुुरुङ, सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोमबहादुर थापा लगायतले क्यालेन्डर लोकार्पण गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले पर्यटन क्षेत्रका विभिन्न गतिविधिमा एनटिभिए गण्डकीसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

एनटिभिए गण्डकीका अध्यक्ष दाहालले संस्थाले आफ्ना नियमित कार्यक्रम अन्तर्गत क्यालेन्डर प्रकाशन गरेको बताउँदै नयाँ वर्षले सबैमा खुसी, सुखी र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

संस्थापक अध्यक्ष खनालले नयाँ वर्ष सबैका लागि खुसी, सुखी, आर्थिक समृद्धि र दीर्घ जीवनका लागि महत्वपूर्ण बन्ने बताए ।

एनटिभिए गण्डकीका अध्यक्ष दाहालको सभापतित्व एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा क्यालेन्डर प्रकाशन समितिका संयोजक एवम् संस्थाका सचिव श्याम लामिछानेले प्रकाशनका विविध पक्षबारे प्रकाश पारेका थिए । क्यालेन्डर प्रकाशन समितिका सदस्यमा शोभाखर तिवारी र आनन्दराज अधिकारी रहेका छन ।

११ बैशाख २०८२, बिहीबार १२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा