पोखरा, पोखराको बिरौटामा आयोजित श्री गण्डकी शतकुंडिय गायत्री कोटीहोम बिराट महायज्ञ अन्तर्गत शुक्रबारबाट राष्ट्रिय एबम अन्तराष्ट्रिय कथाबाचकहरुले कथाबाचन एबम प्रवचन गर्ने क्रम शुरु भएसंगै महायज्ञको रौनक बढेको छ। महायज्ञको बारेमा बिगतमा नकारात्मक कुरा गर्नेहरु समेत महायज्ञ स्थलमा पुग्ने र सहभागी हुने क्रम बढेपछि पनि महायज्ञको रौनक बढेको महशुस गरिएको हो।
शुरुवातका दिनमा पोखरा महानगरपालिकाका प्रमुख सहित अन्य जनप्रतिनिधिहरुसंग मतभेदको स्थिति देखिएको भएपनि भुमिपुजन गर्दाको दिन देखि नै नेकपा एमालेबाट निर्बाचित वडाध्यक्ष राधिका शाही महायज्ञका कार्यक्रममा सहभागी बन्दै आएकी छन शुक्रबारको कार्यक्रममा गण्डकी प्रदेशका सांसड तथा नेकपा एमालेका नेता भिम कार्की समारोहको प्रमुख अतिथिको रुपमा सहभागी बनेका थिए ।
महायज्ञमा शुक्रबार अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा, प्रसिद्ध कथा प्रवक्ता शितल कृष्ण महाराज, नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय, प्रख्यात वक्ता अमृत शरण देवाचार्य, चर्चित प्रवचन कर्ता सुप्रिया किशाेरी लगायतको उपस्थितिको कारण पनि महायज्ञ स्थलमा पुग्नेहरु अतिथि र भक्तजन वा सर्बसाधारणको संख्या र महायज्ञको माहौल बढेको देखिएको हो।
महायज्ञमा कथाबाचन गर्नको लागि शुक्रबार बिहान पोखरा आएकी अन्तराष्ट्रिय कथाबाचक देबी प्रतिभाले बैशाख १८ गतेसम्म भागवत कथा बाचन गर्ने कार्यक्रम रहेको छ। देबीप्रतिभालाई स्वागत गर्न पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा महायज्ञ आयोजक समिति सहित मानव सेवा फाउन्डेसनका सदस्य र अन्य सर्बसाधारणहरु पुगेका थिए ।
पोखरा बिमानस्थलमा लामबद्ध भएर बसेका सर्बसाधारणहरुले देबी प्रतिभाको स्वागतमा लिएर बसेको माला र खादा समेत ग्रहण गर्न नदिएपछि स्वागतमा पुगेका कतिपय महिला र सर्बसाधारण चिन्तित बनेका थिए।
महायज्ञस्थलमा बोल्ने क्रममा भने देबिप्रतिभाले सर्बसाधारणको चिन्तालाई सम्बोधन गर्दै ‘अब म १४ दिनसम्म महायज्ञमा कथाबाचन गर्न पोखरामा बस्छु, यसबिचमा जसले मलाइ घरमा लान चाहनुहुन्छ त्यहाँ पनि सकेसम्म जान्छु।’ भनेर भक्तजनको मन जित्ने प्रयास गरिन। उनले पोखरा विमानस्थलमा अवतरण भएपछि सुरक्षकर्मीहरुले घेरामा राखेर गाडी सम्म ल्याएको कारण आफुले सबैसंग भेट्न नपाएको उनले स्पष्ट पारिन।
पोखरामा जारी कोटीहोम र महायज्ञको लागि बनाइएको आकर्षक, ठुलो र बलियो पुर्वाधार ( पन्डाल ) आफुले नेपालमा पहिलोपटक देखेको उनले बताइन। पोखरा भ्रमण बर्ष २०२५ र नेपाली नयाँ बर्ष २०८२ को अवसर समेत परेको कारण पोखरा घुम्न आउनेहरुको लागि सुखद संयोग बन्ने उनको तर्क थियो। ” म पोखरा आएकी छु र अब पोखरा मात्र नभएर बिन्दबासिनी, तालबाराही, पुम्दिकोट, गुप्तेश्वर महादेव, सरांगकोट लगायतका सबैजसो धार्मिक स्थलसहित सबैतिर पुग्ने चाहना छ।” उनको भनाई थियो ।
देबी प्रतिभाको कथा बाचन शुक्रबारबाट शुरु हुने भनिएपनि शुक्रबार उनले भागवत कथामा प्रवेश नगरिकन महायज्ञ र पोखराको चर्चा गरेर आफ्नो भनाई अन्त्य गरेकी थिईन। उनले भनिन, “मलाई ब्याश पिठमा बसेपछि अलि बोल्न आउँछ, तसर्थ भोलि शनिबारबाट मैले समय लिएर कथा बाचन गर्नेछु।” देबी प्रतिभाले ‘पोखरामा आइयो, अब हामीलाई के चाहियो ?’ र ‘भब्य उत्सब पोखरामा कोटीहोम हो नाम, भागवत कथा सुने पक्कै मिल्छ परमधाम’ भन्दै भजन गाएपछि त्यहा उपस्थित सर्बसाधारण सबैले नाचेर साथ दिएका थिए ।
शुक्रबार अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाको साथै प्रसिद्ध कथा प्रवक्ता शितलकृष्ण महाराजले पनि केहि समय आफ्नो भनाई राखेका थिए। त्यस अबसरमा बोल्दै उनले पोखरालाई पनि तपोभूमिको रुपमा व्याख्या गर्दै एक सय कुन्डको कोटीहोममा सहभागी हुन पाउनु भनेको पोखरेलीहरुको भाग्य जाग्नु भएको बताए।
हामी हिन्दु र सनातन धर्म मान्छौं पनि भन्ने, तर कोटीहोम नआएर घरमै बस्नु भनेको पाप गरे सरह हुने उनको भनाइ थियो। ” हाम्रो प्रवृति आफ्नो नजिकको मान्छे तिर्थ जाँदा समेत फुल र थोरै पैसा सहित अरु कुरापनि पठाउने छ तर पोखराको महायज्ञलाई नजिकको तिर्थ हेलाँ भन्या जस्तो पोखरेलीले गर्ने हो भने त्यो पाप गरे सरह हुन्छ।” उनले भने ।
एउटा बिशाल धार्मिक अनुष्ठान पोखरामा हुनुलाई गर्वको रुपमा ब्याख्या गर्दै उनले कोटीहोम महायज्ञले मानिसको आध्यात्मिक पक्षको कुरामात्र नभएर आर्थिक र भौतिक रुपमा समेत पोखराको बिकास हुने उनले बिश्वास ब्यक्त गरे। यो कोटीहोम बाट पोखरेलीहरुले सम्भव भएसम्मको लाभ लिन समेत सर्बसाधारणलाई आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशमा नेकपा एमालेका सांसद भिम काकीले गण्डकी प्रदेश धार्मिक हिसाबले पहिलेदेखि नै पबित्र भुमीको रुपमा रहेको र यो कोटीहोमका कारण गण्डकी प्रदेश थप पबित्र बन्ने बिश्वास ब्यक्त गरे। उनले गण्डकी प्रदेशमा २५ लाख र पोखरामा करिब ५ लाख जनसंख्या रहेकोमा कोटीहोमका कारण पोखरा घुम्न आउने पर्यटकहरुको संख्या गण्डकी प्रदेशको जनसंख्या भन्दा बढी पुग्ने बिश्वास ब्यक्त गरे।
महायज्ञमा बौध्द अर्घौं सदन रामघाट पोखराका धर्मगुरु खेम रिम्पोचेले यस किसिमको महत्वपुर्ण अनुष्ठान पोखरामा आयोजना गरिनु नै महत्वपुर्ण विषय हो भन्दै कोटीहोमको माध्यमबाट जिबनलाई सहि मार्गमा लैजान र अहिंशाको संदेश सबैतिर फैलाउन सहज हुने बिश्वास व्यक्त गरे ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती महाराजले कोटीहोममा एक सय कुन्डमा ५ सय जना पण्डित र गुरुहरुले अनुष्ठान गर्ने बताउंदै महायज्ञ अबधिभर लाखौं जनाको सहभागिता रहने बिश्वास व्यक्त गरे।
उनले बैशाख १६ गते हुने कलश यात्रामा पनि हजारौं महिलाहरुको सहभागिताको अपेक्षा गरे बालयोगेश्वर बिजय कृष्णमुर्तीले मानव कल्याण र विश्व कल्याणको लागि कोटीहोम आयोजना गरिएको भन्दै महायज्ञका बिबिध कार्यक्रममा देखिएको उपस्थितिले महायज्ञ सफल र प्रभावकारी बन्ने चरणमा प्रवेश गरेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा -१७ का वडाध्यक्ष राधिका शाही योगीले वडा न. १७ मा पनि धेरै धार्मिकस्थलहरु रहेकोले यो कोटीहोमको माध्यमबाट अन्य धार्मिक स्थलको प्रबर्द्दनमा सहय्प्ग पुग्ने बिश्वास ब्यक्त गरिन। कार्यक्रममा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रबिन्द्र माकाजु र महायज्ञका निर्देशक शंकर खरालले समेत महायज्ञको बिबिध पक्षको बारेमा चर्चा गरेका थिए ।
यसैबीच पोखरा कोटीहोममा एक सातासम्म भागवत कथा बाचन गरेकी नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयलाई शुक्रबार बिदाई गरिएको छ। समारोहमा महायज्ञका कथा बाचकहरु सहित प्रमुख अतिथि र अतिथिहरुलाई महायज्ञ आयोजक समितिका पदाधिकारीहरुद्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो ।
महायज्ञमा शुक्रबार देबी प्रतिभा र शितलकृष्ण महाराजले कथा एबम प्रवचन दिने र त्यसपछिका दिनमा देबी प्रत्रिभासहित प्रख्यात वक्ता अमृतशरण देवाचार्य, चर्चित प्रवचन कर्ता सुप्रिया किशाेरी समेतले कथाबाचन एबम प्रवचन गर्ने कार्यक्रम रहेको छ ।अन्य कथा बाचकहरुले पनि महायज्ञमा कथा बाचन सहित प्रवचन गर्ने र विभिन्न स्थानबाट आउने धर्मगुरुहरुले आशिर्बचन गर्ने कार्यक्रम रहेको बुझिएको छ।
देबी प्रतिभाको पोखरा आगमनले पोखरामा आउने भक्तजनहरुको संख्या समेत उल्लेखनीय रुपमा वृद्धि हुने बिश्वासमा आयोजकहरु रहेको छन् । शुरुवातका दिनमा बिबाद जस्तो देखोएको पोखरा कोटीहोममा आमसर्बसाधारण देखि जनप्रतिनिधिहरु र विभिन्न राजनीतिक दलका कार्यकर्ता एबम समर्थकहरुको समेत उपस्थिति बढ्दै गएको छ।