Play

अरुणा लामा–तारादेवी स्मृति स्रष्टा साँझ पोखरामा हुँदै

गुरुकुल खबर


पोखरा, अरुणा लामा–तारादेवी स्मृति स्रष्टा साँझको तेस्रो संस्करण शनिबार पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा चैत ३० गते शनिबार अरुणा लामा–तारादेवी स्मृति स्रष्टा साँझको तेस्रो संस्करण हुन लागेको हो । शनिबार हुने कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि सुरु यो कार्यक्रम हरेक वर्ष माघ तेस्रो शनिबार हुँदै आएको हो । तर यस वर्ष माघ तेस्रो शनिबार गर्ने तयारी चलिरहँदा हार्मोनीका एक सदस्यको निधन भएपछि अन्तिम समयमा स्थगित गरिएको थियो । कालजयी गायिका तारादेवीको माघ १० गते र अरुणा लामाको माघ २२ गते स्मृति दिवस हो । दुवै कालजयी गायिकाद्वयको स्मृति दिवसको बीचको शनिबार पारेर कार्यक्रम गरिँदै आएको छ ।

नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरू अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरूप्रति ‘ट्रिब्यूट’ दिने उद्देश्यले आयोजित स्मृति साँझमा पोखरेली कलाकारहरूले अरुणा लामा र तारादेवीका चर्चित गीतहरू सुनाउने हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले जानकारी दिइन् । समूह गीतहरूमा ‘यो मायालाई भरोसा छैन,’ ‘हाम्रो साहेब’ (माया प्रीति चलचित्रबाट), र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गरिनेछ । त्यसबाहेक दुई स्वर किन्नरीका समकालीन गायिकाहरूको गीत पनि यस वर्षदेखि समावेश गरिने संयोजक श्रेष्ठले बताए ।

२९ चैत्र २०८१, शुक्रबार २३:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा