Play

रास्वपा सभापति लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतको आदेश

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै उनलाई प्रहरीले शुक्रबार राति उनकै निवासबाट पक्राउ गरेको हो । रास्वपा स्रोतका अनुसार केही सादा पोशाकमा र केही ड्युटीमै खटिएका प्रहरीहरू उनको घर पुगेका थिए । पक्राउ गर्न गएका सुरक्षाकर्मीसंग लामिछानेलाई पक्राउ गर्नको लागि अदालतको आदेश नभएपछि केहिसमय बसेर अदालतबाट आदेश मगाएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नु अगाडी लामिछानेले आँफु अदालतमा उपस्थित हुने बताएका थिए तर प्रहरीले निवासमा आएर पक्राउ गर्ने जनाएपछि उनले फेसबुकमा स्टेटस र भिडिओ सन्देश समेत दिंदै आँफुले गिरफ्तारी दिने उलेख गरेका थिए लामिछानेले शनिबार चितवनमा पार्टीको तर्फबाट सभा आयोजना गरि बर्तमान सरकार र सरकारका केहि पात्रहरुको बारेमा केहि कुरा सार्बजनिक गर्ने समेत जनाएका थिए ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि लामिछानेले आजै गिरफ्तारी दिने बताएका हुन्।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको थियो ।

२३ चैत्र २०८१, शनिबार ००:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा