Play

कतारमा कास्की समाजद्वारा नेपाली नयाँबर्ष र ईदको अबसरमा शुभकामना आदानप्रदान

गुरुकुल खबर


दोहा (कतार), कास्की आदर्श समाज कतारले नेपाली नयाँ वर्ष २०८२ एवं ईदअल फितरको अबसर पारेर कतारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देबकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक सह-सचिव हंशराज ढकाल क्षत्री रहेका थिए।

कार्यक्रममा संरक्षक संयोजक बिमल सुबेदी, संरक्षक आश बहादुर गुरुङ, मन प्रसाद रानामगर, राम प्रसाद गौतम, रेशम बस्नेत, प्रमुख सल्लाहकार सुरज रानाभाट, सल्लाहकार प्रकाश बिश्वकर्मा, मानार्थ सदस्य महेश तामाङ, पुर्ब सल्लाहकार प्रभात त्रिपाठी, गण्डकी प्रदेश समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कल्याण थापा लगायतको सहभागिता रहेको थियो ।

यसैगरी गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका अध्यक्षहरुमध्ये पर्बत समाज कतारका अध्यक्ष सन्तोष क्षेत्री, स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष घनश्याम अर्याल, गोर्खा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरुङ, बाग्लुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतम, लम्जुङ सेवा समाज कतारका महासचिव रबिन्द्र भण्डारी, कास्की सार्दिखोला समाजका अध्यक्ष पार्शिङ तामाङ, स्थानीय सामाजिक कार्यकर्ताहरु ठाकुर कुमार परियार,केदार भुसाल, सबिन्द्र खत्री, सेवक घताने, चन्द्र गुरुङ, युद्दजङ गुरुङ, श्रीमती दया रानामगर, राजु केसि,  डिल्लीराम अधिकारी, मोहन घोताने, भरत खवास लगायतपनि कार्यक्रममा सहभागी थिए।

सोहि अबसरमा विविध साँस्कृतिक कार्यक्रम, डोरी तान्ने खेल, कबिता बाचन तथा बनभोज कार्यक्रम समेत गरिएको बताइएको छ । डोरी तान्ने खेलमा सहभागी ४ टिम मध्ये प्रथम हुने टिम पोखरा महानगरपलिका र दोश्रो हुने टिम अन्नपूर्ण गाउपालिकाको टिमलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।

सस्थाका संरक्षक रेशम बस्नेत,मानार्थ सदस्य महेश तामांग लगायतले साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । सस्थाका संरक्षक संयोजक बिमल सुवेदी र रेशम बस्नेतले कबिता बाचन गरेका थिए ।  कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष अमृत बिश्वकर्माले स्वागत मन्तब्य राखेका थिए भने सचिब केदार भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका देबकोटाले कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यक्रम संयोजक ऋषिराम बिक, अमृत बिश्वकर्मा, रामदास भुर्तेल, केदार भण्डारी, प्रेम रसाइली, केशु गुरुङ, चिरञ्जीवी अधिकारी,पुष्जपराज तिमिल्सिना, ऋषिराम भण्डारी, शिव कुवर, रामकृष्ण भण्डारी, अन्जिब गुरुङ, बिष्णुप्रसाद देवकोटा, राजकुमार बिक, कोपिला परियार, रिया परियार, पुनम परियार, बिष्णु बस्तोला, सनोद बिक दिपक बिक, सोम बिक, सोम थापा, लोक प्रसाईं, सल्लाहकार द्वय नवीन पौडेल र अमिर श्रेष्ठ, आजिबन सदस्य किरण ढकाल क्षेत्री, रामदास भुर्तेल र संस्थाका मानार्थ सदस्य श्री मोहम्मद अजिज अलि लगायतलाई धन्यबाद ज्ञापन गरेका थिए ।

२१ चैत्र २०८१, बिहीबार १५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा