Play

कास्कीको माझठानाका कांग्रेस नेता लामिछानेको निधन

गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता तथा तत्कालिन माझठाना गाविसका समाजसेवी टिकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ । पोखराको मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहेका लामिछानेको उपचारकै क्रममा शनिबार बेलुकी निधन भएको हो । २००३ साल भदौ ५ गते साबिक माझठाना गा बि स- ९ हाल पोखरा महानगरपालिका वडा न २८ लामिछाने गाँउमा जन्मिएका लामिछाने विगत केहि वर्षदेखि फोक्सो तथा पिसाव सम्वन्धी समस्याबाट पिडित थिए । लामिछानेले विभिन्न समाजिक , राजनीतिक, धार्मिक क्षेत्रसहित विकास निर्माण कार्यमा सदैव अग्रस्थानमा रहेर काम गर्दै आएका थिए ।

२०४२ मा तत्कालिन माझठाना गाउँ पंचायतको उपप्रधानपंच बनेर काम गरेका लामिछाने नेपाल रेडक्रस शोसाइटी माझठाना शाखाको सभापति, माझठाना स्वाथ्य चौकीको अध्यक्ष, रत्नशोभा मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, साबिक माझठाना गाबिस नेपाली काग्रेसको सभापति, थाक खानेपानी उपभोक्त्ता समितिको सचिव, राखि मिजुरे सडक उपभोक्त्ता समितिको सचिव रहेर काम गरेका थिए उनि लामो समय देखि नेपाली काग्रेसको क्रियासील सदस्यको रुपमा रहेका थिए ।

आइतबार लामिछानेको अन्त्येष्टि गरिएको थियो उनको शवमा नेपाली काग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछाने, पुर्व मन्त्री तथा कास्की कांग्रेस पुर्व सभापति यज्ञ वहादुर थापा, कास्की काग्रेसका निर्वतमान सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि विकास गुरुङ, नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति राजेन्दमणि लामिछाने, नेपाली काग्रेस क्षेत्र नम्वर एक प्रदेश ख का सभापति कृष्ण कोइराला, पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष तथा नेपाली काग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य श्रीकृष्ण लामिछाने, मादी गाँउपालिकाका अध्यक्ष देविजंग गुरुङ, नेपाली काग्रेस पोखरा २८ का सभापति विश्वरमण अधिकारी, नेपाली काग्रेस गण्डकी प्रदेश आमन्त्रीत सदस्य शिरोमणि बराल लगाएतले पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । लामिछानेका एक श्रीमती, २ छोरा, ४ छोरी रहेका छन् ।

१८ चैत्र २०८१, सोमबार ०८:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा