Play

तिनकुने घटनामा ४१ जना पक्राउ (नाम सहित): राज्य बिरुद्धको कसुर र संगठित अपराध समेतको मुद्धा चलाइने

उच्च रक्तचापका बिरामी मिश्र र क्यान्सरका बिरामी राणाले हिरासतबाट सरकार बिरुद्ध लड्ने, अस्पतालको सुबिधा नलिने,


गुरुकुल खबर


काठमाडौं, काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनामा पक्राउ परेका ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पांच दिनको म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।

गत शुक्रबार राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि एक जना टेलीभिजन पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो भने कैयौ घाइते भएका थिए । सोही घटनामा पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले संचारकर्मीहरुलाई बताएका छन ।  उनका अनुसार ४१ जनाविरूद्ध दुइटा अनुसन्धान प्रतिवेदन तयार गरी अनुसन्धान अघि बढाइने भएको छ ।

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष ५९ बर्षीय रवीन्द्र मिश्र, सांसद समेत रहेका राप्रपा नेता ६२ बर्षीय धवल शमशेर राणासहित ११ जनालाई राज्य बिरुद्धको कसुर र संगठित अपराध सम्बन्धि मुद्दामा अनुसन्धान गर्ने जनाएको छ । व्यवस्था विरुद्धको राजसंस्था पुनर्स्थापना जनआन्दोलनका नेताद्वय डा धवल शम्शेर राणा र रवीन्द्र मिश्रले आफुहरुले अस्पतालमा बस्ने सुविधा नलिने स्वघोषणा गर्दै प्रहरी हिरासतमा बसेर लडाइ लड्ने बताएका  छन् ।

‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाडौं जिल्ला अदालतको इजलासमा आइतबार भने । ‘राज्यले ज्यान लिन्छ भने लिओस्‌, साथीको (रवीन्द्र मिश्र) साथ छाड्दिनँ, हिरासतमै बसेर लडाई लड्छु,’ आन्दोलन परिचालन संयोजक राणाले पनि इजलासमा बताएको उनका वकिलले बताए ।

राजसंस्था पुनर्स्थापना आन्दोलनका नेताहरु मिश्रको उच्च रक्तचाप र राणाको क्यान्सर उपचारका कारण अस्पताल राख्ने सुविधा प्राप्त होस् भनेर वकिलहरुले इजलासमा अनुरोध पेश गरेका थिए । दुबैले सो सुविधा नलिने जानकारी गराएपछि वकिलहरुले निवेदन फिर्ता लिएका थिए । क्यान्सर रोगको शल्यक्रिया गरेका राणा नियमित परीक्षणका लागि वैशाख १५ गते भारत जानुपर्ने थियो । मिश्र र राणाले इजलासमा भने, ‘आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्याँस हान्ने, मान्छे मार्ने कार्यमा हाम्रो संलग्नता छैन । सरकारले शान्तिपूर्ण जनप्रदर्शनमा हामीलाई बरु दमन गर्‍यो, भीडलाई उत्तेजित बनाउने काम गर्‍यो ।’

अदालतले चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका सम्बन्धमा मिश्र र राणासहित ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेकाहरुमा आफूलाई धर्मगुरू बताउने पुष्कर खतिवडा, दुर्गा प्रसाईंका सहयोगी मनिन्द्र राजभण्डारी र गोपाल मल्ल, भक्तपुर बस्ने ४२ वर्षीय सन्तोष चौधरी, ५१ वर्षीय रामकुमार धिमाल, ४१ वर्षीय पशुपति खड्का, ४२ वर्षीय हरिहर चौलागाईं र ३९ वर्षीय विष्णु पराजुली लगायतका रहेका छन ।

उनीहरूलाई धेरै उग्र भएर तोडफोड र आगजनीमा लागेको प्रहरीको निष्कर्ष छ ।  यसैगरी सोहि घटनाका सन्दर्भमा पक्राउ परेका अन्‍य ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न म्याद दिएको हो । यसैगरी अरू ३० जना पनि विभिन्न सिसिटिभी फुटेज, भिडिओ, फोटोमा देखिएका व्यक्तिहरूलाई पक्राउ प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ । उनीहरु आगजानी तोडफोड र लुटपाटमा संलग्न भएको प्रहरीको आरोप छ।

तीनकुने घटनामा पक्राउ परेका व्‍यक्तिहरुको सूची ..

१७ चैत्र २०८१, आईतवार २३:१३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा