Play

प्रगतिशील लेखक संघ गण्डकीमा नयाँ समिति, अध्यक्षमा डा. उपाध्याय

गुरुकुल खबर


पोखरा,  प्रगतिशील लेखक सङ्घ गण्डकीको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायलाई संघको अध्यक्षमा चयन गरेको छ। सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारी चयन भएका छन ।

त्यसैगरी अधिवेशनले बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बाग्लुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई कार्यसमितिको सदस्यको जिम्मेवारी दिएको छ ।

त्यस्तै संघका गोर्खा अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङ अध्यक्ष बासुदेव थापा, तनहुँ अध्यक्ष विनोदकुमार विक, स्याङजा अध्यक्ष अनन्त अर्याल, कास्की अध्यक्ष छवि सुवेदी विजयी, नवलपुर अध्यक्ष काशीराम गैरे, पर्वत अध्यक्ष आनन्द रिमाल, वाग्लुङ अध्यक्ष विजय राना तथा म्याग्दी अध्यक्ष लीला गाउँले कार्यसमितिमा पदेन सदस्य बनेका छन ।

अधिबेशनको एक शत्रमा सङ्घको आवधिक प्रकाशन गण्डक आलोक भाग- २ निबन्ध विशेषाङ्कको परिचर्चा गर्नुको साथै सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई गण्डक साहित्य पुरस्कारबाट सम्मानित गरियो ।

अधिवेशन उद्घाटन गर्दै सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इञ्चार्ज समीर सिंहले प्रगतिशील साहित्य आन्दोलनलाई साझा बनाउनुपर्नेमा जोड दिए उनले साहित्यकारले आफ्ना सिर्जनामा निखारता ल्याउनुपर्ने खाँचो औंल्याए । स्रष्टाले आफू कति प्रगतिशील भएँ भनेर समीक्षा गर्नुपर्ने उल्लेख गर्दै उनले नेपालको वामपन्थी आन्दोलनलाई चलायमान बनाउन प्रगतिशील लेखक सङ्घको भूमिका महत्त्वपूर्ण रहँदै आएको स्पष्ट पारे  ।

प्रगतिशील लेखक सङ्घका केन्द्रीय महिला उपाध्यक्ष नमुना शर्मा, एमाले गण्डकीका सचिव धनञ्जय दवाडी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नारायण अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका सावित्रा दुरा, पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा.यमनाथ तिमिल्सिना, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शङ्कर बराल, मार्क्सवादी अध्यययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, नेकपा (माओवादी केन्द्र) गण्डकीका शिवजी लामिछाने, नेकपा क्रान्तिकारी गण्डकी प्रदेशका सचिव नारायण अधिकारी, समीक्षकद्वय लोकबहादुर थापा र डा. भूमिराज बस्ताकोटी, वामपन्थी बुद्धिजीवी रामराज रेग्मी लगायतले प्रगतिशील लेखनको महत्वबारेमा चर्चा गरेका थिए ।

सङ्घका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धुव्रलाल शर्माले स्वागत गरेका थिए भने कोषाध्यक्ष निर्मल सापकोटाले कार्यक्रम सञ्चालन गरेको पत्रकार श्रीभद्र पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

९ चैत्र २०८१, शनिबार १९:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा