Play

कांग्रेसको प्रचार विभागका दुई सदस्य शोकमा, रिजाललाई पितृशोक र योगीलाई मातृशोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार बिभागका दुई जना सदस्यहरुलाई शोक परेको छ।

विभागका सदस्य एबम नेपाल बहस डटकमका प्रधान सम्पादक समेत रहेका नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि इन्द्रबहादुर रिजालका बुवा डिल्ली राज रिजालको ८१ वर्षको उमेरमा स्याङजा जिल्लाको विरुवा गाउँपालिका- ७ मा रहेको आफ्नै घरमा मंगलबार बेलुका निधन भएको हो ।

रिजाल लामो समयदेखि मुखको क्यान्सर रोगबाट पिडित थिए । उनको उपचार पोखरा, काठमाडौँ र चितवनका अस्पतालमा गरिएको थियो र स्वास्थ्य अबस्था यथास्थितिमा रहेपछि रिजाललाई डाक्टरको सल्लाह अनुसार नै केहि दिन अगाडी उनको निवासमा लागिएको थियो

रिजाल नेपाली कांग्रेसको राजनितिमा समेत सक्रिय थिए । उनि २०५४ को स्थानीय निकायको निर्बाचनको क्रममा वडाको जनप्रतिनिधि निर्बाचित भएका थिए। स्वर्गीय रिजालका पत्नी, एक छोरा र दुई छोरीहरु छन ।

यसैगरि नेपाली कांग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार बिभागका अर्का सदस्य अशोकनाथ योगीकी ममतामयी आमा हजारी योगीको पनि निधन भएको छ।

नेपाली कांग्रेसका जेष्ठ सदस्य पदमनाथ योगीकी धर्मपत्नी समेत रहेकी योगीको ७६ बर्षको उमेरमा निधन भएको बताइएको छ ।  संचार विभागका सदस्य अशोकनाथ योगी योगी स्थानीय सामुदायिक रेडियो नेपाली आवाज एफएमका संस्थापक अध्यक्ष तथा कर्णाली प्रदेश योजना आयोगका सदस्य पनि हुन।

यसैबीच बिभागका प्रमुख एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन बिश्वकर्मा र विभागका सदस्य एबम गुरुकुल खबरका अध्यक्ष गंगाधर पराजुलीले छुट्टाछुट्टै शोक बिज्ञप्ति जारे गरि स्व. रिजालले नेपाली काँग्रेसको विभिन्न कालखण्डमा संघर्ष र आन्दोलनमा क्रियाशील रहेर योगदान पुर्याएको उल्लेख गरेका छन।  यसैगरी बिभागका अर्का सदस्य अशोकनाथ योगीकी आमा हजारी योगीको निधनले नेपाली काँग्रेसलाई गम्भीर क्षती पुगेको बिज्ञप्तिमा उल्लेख छ।

२८ फाल्गुन २०८१, बुधबार २२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा