Play

मुलुकमा रोजगारी सिर्जना गर्न नीतिगत र ब्यबहारिक पहल निम्ति कांग्रेसद्वारा ‘मिसन रोजगार’ अभियान घोषणा

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ । विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रुपमा हामी सक्छौं भन्ने मूलनारा सहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे ।

मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनिकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए । ‘युवाहरु स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन्,’ थापाले भने, ‘मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रुपमा पहल गर्छौं ।’ श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ ।

विज्ञहरुलाई समेत बोलाएर छलफल गर्दै अरु दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए । युवाहरु विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सृजना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ,’ थापाले भने, ‘कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षा अनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं ।’

नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक तथा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरुको पनि सहभागिता रहेको थियो । कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए । ‘विगतमा पनि काम भइरहेको थियो,’ शर्माले भने, ‘अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउछौं ।’

रोजगारी सृजना र उद्यमशीलतालाईसँगसँगै अघि बढाउने शर्माले बताए । कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ । अभियान अन्तर्गत रोजगारी सृजनाका लागि नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिका, राजनीतिक दलहरुसँग समन्वय गरेर सामुहिक एजेण्डा बनाउने लगायतका काम गर्ने कांग्रेसले जनाएको छ ।

२५ फाल्गुन २०८१, आईतवार १९:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा