Play

सराङकोट महायज्ञमा लक्ष अनुरुप करिब तिन करोड रुपैया संकलन

गुरुकुल खबर


पोखरा, पोखराको सराङकोटमा सम्पन्न श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवबाट लक्ष अनुरुप करिब तिन करोड रुपैया दान संकलन भएको छ । महायज्ञ प्रचार प्रसार समितिका संयोजक कृष्ण थापाका अनुसार महायज्ञबाट २ करोड ८८ लाख बढी दान संकलन भएको छ। महायज्ञको अन्तिम दिन बुधबार मात्रै ८० लाख बढी दान संकलन भएको थियो।

महायज्ञको समापनका अबसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन समेत गरेका थिए। त्यस अवसरमा बोल्दै महानगरका प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गरे । उनले पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास लिए। प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउदै सराङकोट धार्मिक पर्यटकीय स्थल बनेको स्पष्ट पारे।

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको बताउंदै “सराङकोट स्वर्गको टुक्रा हो, यसको हामी सबै मिली संरक्षण एवम् प्रबर्दन गर्नुपर्दछ, त्यसैमा आम पोखरेलीको कल्याण छ” भने ।

यज्ञका सहअध्यक्ष समेत रहेका पोखरा -१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चीत भएको कुराको चर्चा गरे। कार्यक्रममा प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतम सहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरिएको थियो।

महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले जानकारी दिए । यि मध्ये करिव ६० प्रतिशत अन्नपूर्ण केवलबार मार्फत तथा अन्य दर्शक महायज्ञका निःशुल्क वस एवम् स्वतस्फुर्त रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।

फागुन १४ गते महाशिवरात्रीको दिनदेखि सुरु उक्त सराङकोट यज्ञको यसअघि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको समापन समारोहमा वडाध्यक्ष तिमिल्सीनाले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए ।

२५ फाल्गुन २०८१, आईतवार ०८:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा