Play

बतास ट्रयाक्टर्स प्रालिद्वारा क्याटरपिलर हेभीईक्विपमेन्टको हाइड्रो सेगमेन्टका ग्राहकहरूको सम्मेलन आयोजना

गुरुकुल खबर


काठमाडौं, नेपालका लागि क्याटरपिलर हेभीईक्विप्मेन्टको आधिकारीक बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले शुक्रबार काठमाडौँमा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई लक्षित गरि ग्राहक सम्मेलन आयोजना गरेकोमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी ग्राहकहरूले सहभागिता जनाएको जनाएको छ । कार्यक्रममा क्याटरपिलरको मेशिनरीको क्षमता र हाइड्रो परियोजनाहरूमा यसले ल्याउने दक्षता, नवीनता र प्रभावकारीता लाई प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा जिसी सेरिज मेशिनरीहरूले हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्ने प्रबिधि सहित भारतमा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफुलाई अब्बल प्रमाणित गर्न सकेको जानकारी गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक मुकुल दिक्षितले गराएका थिए।

कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका शेल्सहेड आनन्द झाले क्याटरपिलर मेशिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी गराएका थिए । जसमा २०, २३ र २५ टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर जस्ता मोडेलहरू समावेश थिए।

क्याटरपिलरको प्रमुख कम्पनी गेनवेल कमोशेल्स ईण्डियाका प्रमुख दिपक जोलीले कार्यक्रममा बोल्दै क्याटरपिलरका मेशिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेको र ग्राहकहरुको विश्वास र समर्थनको लागि भरमग्दुर प्रयास गरिरहेको जानकारी दिए ।

बतास ट्रयाक्टर्स कम्पनीका कार्यकारी निर्देशक दिपेन्द्र मल्ले ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन साथै निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम प्रबिधिको प्रदर्शन र उपयोग गर्न आँफुहरु सदैब प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा पछिल्लो समयमा क्याटरपिलर मेशिनरी खरिद गर्ने ग्राहकहरूलाई चाबी हस्तान्तरण समारोह पनि आयोजना गरिएको थियो उक्त समारोहमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरूलाई क्याटरपिलर मेसिनरीको चाबी हस्तान्तरण गरिएको थियो ।

क्याटरपिलरले २४ सै घण्टा सर्भिस र स्पेयर पार्टस उपलब्ध गराउने र दुर्गम स्थानहरूमा पनि मेशिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिगं जस्ता सेवाहरु प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका समनजीको भनाई थियो ।

बतास ट्रयाक्टर्स प्रालिका प्रबन्ध निर्देशक शान्तराज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेशिनरीहरू हाइड्रोपावर परियोजनाहरूको सबै किसिमका चुनौतीहरू सामना गर्न उपयुक्त रहेकोदाबी गरे दिए । हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकत्व सुनिश्चितता संगै ग्राहकहरुसंग सेवा प्रदान सम्बन्धि समझदारी गर्न बतासले कम्पनिको तर्फबाट आग्रह गरे

२५ फाल्गुन २०८१, आईतवार ००:५४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा