Play

पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौँ फर्किने, बिरेन्द्रको शालिक अनावरण सहित बिबिध कार्यक्रममा सहभागी

पोखरा र आसपासका विभिन्न धार्मिक र सांस्कृतिक स्थलको अबलोकन सहित नागरिक अभिनन्दनमा पुर्ब राजाको सहभागिता


गुरुकुल खबर


पोखरा, पूर्वराजा ज्ञानेन्द्र शाह केहि दिनको पोखरा बसाईंपछि फागुन २५ गते आइतबार काठमाडौँ फर्किने भएका छन । पोखरा बसाइको अन्तिम साँझ उनले आफू बसिरहेको पोखरा महानगरपालिका –  २१ स्थित मर्निङ ग्लोरी रिसोर्टमा पोखरा र आसपासका आफुसंग निकट रहेका केहि सिमित व्यक्तित्वहरुलाई बोलाएर विदाइ भोज समेत दिएको बुझिएको छ।

गत माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा नागरिक अभिनन्दन गरिएको थियो पोखराको गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म उनको नागरिक अभिनन्दन गरिएको नागरिक स्वागत मूल समारोह मूल समिति पोखराका सचिबालय प्रमुख अरुण गिरिले गुरुकुल खबरलाई जानकारी दिएका छन। सोहि समितिले नै पोखरामा पूर्वराजा शाहको अभिनन्दनको चाँजोपाँजो मिलाएको हो।

नागरिक अभिनन्दनका क्रममा बाजागाजाले पूर्वराजाको स्वागत गरिनुको साथै आम सर्बसाधारणले पुष्पगुच्छाले पूर्वराजालाई स्वागत गरेका थिए। सर्वसाधारणसंग सेल्फी र सामुहिक फोटोमा समेत रमाउंदै उनि पोखराको गणेश टोलदेखि बिन्ध्याबसिनी मन्दिर सम्मको सडकमा नागरिकहरुले गरेको अभिनन्दन ग्रहण गर्दै विभिन्न धार्मिक एबम सांस्कृतिक स्थलको अबलोकन सहित पुजा अर्चनामा सहभागी बनेका थिए ।  त्यसक्रममा कतिपयले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, जस्ता नारा चर्काएका थिए।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा गणेशटोल सहित नालामुख, भीमसेनटोल, भैरब टोल र बिन्ध्यबासिनी मन्दिर सहित केहि दर्शनीय स्थलमा स्थानीय सर्बसाधारणको ठुलो संख्या खटिएको थियो। स्वागतमा खटिएका कतिपय व्यक्ति नेपाली काँग्रेस र नेकपा एमालेसहित प्रमुख दलसंग आबद्द रहेको बताइएको छ। स्वतस्फुर्त रुपमा जुटेका स्थानीय सर्बसाधारणहरु पूर्व राजाको कार्यक्रममा उल्लेखनीय रुपमा जुटेका थिए।

पोखरा र आसपासको भ्रमण सकेर काठमाडौँ फर्किनु अगाडी पुर्ब राजा शाहले पोखरामा बिदाई भोज समेत आयोजना गरेको बुझिएको छ। बिदाई भोजमा पुर्ब राजा ज्ञानेन्द्रको पोखरा र आसपासका जिल्लाको भ्रमण कार्यक्रमलाई नजिकबाट संयोजन गरेका प्रा.डा जगमान गुरुङसहित अन्यको सहभगिता रहेको बुझिएको छ।

भोजमा पोखराका विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरु लाई समेत आमन्त्रण गरिएको थियो । स्याङ्जाको आलमदेवी, बागलुङको बाग्लुंग कालिका, म्याग्दीको गलेश्वर मन्दिरसहित पोखराको धर्मोदय सभा, भैरव सांस्कृतिक समिति लगायतका धार्मिक एबम सांस्कृतिक संघ संस्थाका प्रतिनिधिहरुको साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरु पनि भोजमा सहभागिता रहेको थियो।

भोजमा सहभागी सांस्कृतिक अध्येता सुनील उलकले आफुले राजा ज्ञानेन्द्रसंग राजनीतिक नभई सांस्कृतिक कुराकानी गरेको जानकारी दिए । उनले पोखराको पुरानो गणेश मन्दिर सहित अन्य केहि धार्मिक र सांस्कृतिक स्थलको बारेमा पुर्ब राजालाई जानकारी गराएको उलकले गुरुकुल खबरलाई जानकारी दिए ।

गत माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्रले यसबीचमा पोखरामा रहेको बिन्ध्यबासिनी मन्दिर सहित पोखरा -४ स्थित गणेश मन्दिर, पोखरा -२ स्थित भीमसेन मन्दिर र भैरब सांस्कृतिक मन्दिरमा पुगेर दर्शन गर्नुको साथै विन्ध्यावासिनी मन्दिरको बौद्ध विहार र परिसरमा रहेका सबै मन्दिरमा पूजाअर्चना समेत गरेका थिए । पूर्वराजाले गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म पैदल यात्रा गर्नुको साथै दुई घण्टा भन्दा बढी समय अभिनन्दन र पूजाअर्चनामा बिताएका थिए।

यसै गरि उनले फागुन २२ गते उनले पोखराको वीरेन्द्रचोकमा रहेको स्व. राजा वीरेन्द्रको सालिक अनावरण गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका–१० रामबजारको वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको शालिक अनावरण गरेका हुन्। उक्त स्थानमा स्वर्गीय राजा वीरेन्द्र शालिक निर्माण समिति पोखराले २०८० पुस ९ गते स्व. वीरेन्द्रको शालिक राखेको  भएपनि अनावरण हुन सकेको थिएन। २०५९ सालमा त्यहाँ शालिक राखेर चोकको नाम नै बीरेन्द्र चोक राखिएको भएपनि २०६२/६३ सालको आन्दाेलनका क्रममा बीरेन्द्रको शालिक तोडफोड गरि त्यहाबाट हताइएको थियो।

गत वर्ष २०८०मा शालिक निर्माण समितिले २५ लाख रुपैयाँ खर्च गरेर ८ फिट अग्लो शालिक निर्माण गरिएको जानकारी शालिक पुननिर्माण समितिका सचिव अरुण गिरीले गुरुकुल खबरलाई जानकारी दिए। ‘शालिक निर्माण भए पनि अनावरण भएको थिएन। अहिले अनावरण गरिएको हो’, उनले भने। शालिक अनावरणको क्रममा राजावादीसँगै हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति थियो।

उपस्थित शुभेच्छुक समर्थकले राजाको जयजयकार गर्दै ‘वीरेन्द्र अमर रहून्’, ‘अघि बढ्नुस् महाराज, जनता तिम्रो साथमा छन्’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, लगायतका नारा लगाएका थिए। शालिक अनावरण कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ भन्ने यस अगाडिको राष्ट्रिय गान बजाइएको थियो, तर पूर्वराजा ज्ञानेन्द्रले उक्त समारोह सहित अन्य स्थानमा सम्पन्न भेलामा सम्बोधन भने गरेनन्।

माघ २७ गते पोखरामा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका अन्य सदस्यसहित भैरहवाबाट चार्टर विमानमार्फत पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए। पूर्वराजा शाहले फागुन १३ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने शाहवंशीय कुल मन्दिरका रूपमा परिचित आलमदेवी मन्दिरको दर्शन गरेका थिए।

यसैगरि पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन २१ गते बुधबार बागलुङ कालिका मन्दिरको दर्शन गर्न बाग्लुंग पुगेका थिए। बाग्लुंगमा पुर्ब राजा शाह समेतलाई स्वागत गर्न विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५०१ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति गठन गरिएको थियो । बागलुङ कालिकाको पूजा सकेपछि उनि म्याग्दीको गलेश्वर मन्दिर समेत पुगेको सचिवालयले जनाएको छ।

२५ फाल्गुन २०८१, आईतवार ००:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा