Play

२०८४ को चुनाबपछि मात्र महाधिबेशन गर्ने हो भने कांग्रेसको हालत खतम हुन्छ- डा. शेखर कोइराला

गुरुकुल खबर


सुर्खेत, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८४ को आमचुनाव पछि पार्टीको महाधिवेशन गर्नेहो भने कांग्रेसको हालत खतम हुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरु संगको भेटघाटमा बोल्दै कोइरालाले उक्त कुरा बताएका हुन् ।

नेता डा. कोइरालाले भने, “नेपाली काँग्रेसको बिधान अनुसार निर्धारित समय भित्र नै महाधिबेशन गरौँ भनिरहेको छु । महाधिबेशन चुनाब पछि पुर्याउने हो भने नेपाली काँग्रेसको हालत कमजोर बन्नेछ ।”

पत्रकारहरुको एक प्रश्नमा उनले भने ‘कांग्रेसमा संस्थापन र अर्को पक्ष भन्दा पनि कांग्रेसका सबै नेता र कार्यकर्ता सबै संस्थापन पक्ष नै हुन, कांग्रेसमा अर्को कुनै पक्ष छैन । हामी सबै एउटै हो ।’

पार्टीको १४ औं महाधिबेशनमा सभापति पदमा निर्बाचन लडेको भएपनि नेता शेरबहादुर देउवासंग पराजित बनेका कोइरालाले आसन्न १५ औं महाधिबेशनमा पनि सभापतिको उमेद्वार बन्ने कुरा सार्बजनिक गरिसकेको स्पष्ट पारे ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका नेताहरुसंग काँग्रेसको महाधिबेशनको तयारी २०८३ साउन पछि मात्र हुन सक्ने बताए पछि नेता कोइरालाले एस्तो अभिव्यक्ति दिएका हुन। सभापति देउबाले केन्द्रीय कार्यसमितिको म्याद एक बर्ष थप्नको लागि गृहकार्य गरिरहेको समेत बुझिएको छ।

प्रधानमन्त्री केपी ओली पछि देउवा प्रधानमन्त्री बन्ने सहमति सात बुंदे समझदारीमा भएको कारण २०८३ असारमा देउवा प्रधानमन्त्री बनेपछि मात्र महाधिबेशनको तयारी शुरु गर्ने सोच उनले राखेको अनुमान गरिएको छ । त्यस अगाडी नै महाधिबेशन भएमा पार्टीको सभापति पदमा अरु नै आउँदा प्रधानमन्त्री बन्न समेत सहज नहुने भएकोले आफु प्रधानमन्त्री बनेपछि मात्र महाधिबेशन गर्न चाहेको अड्कल गरिएको हो।

पत्रकारहरु माझ अहिले देशको अवस्था निकै नाजुक रहेको बताउँदै नेता कोइरालाले हामी सबैले निकै गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । सरकार समेत यसमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

कोइरालाले भने, ‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन  छँदैछैन।’   अहिलेको गठबन्धनले ७ बुँदे समझदारी गरेको स्मरण गराउँदै उनले उक्त सात बुंदे समझदारीको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

दुई ठुला दल मिलेर सरकार चलाउनुलाई निरङ्कुशता भन्ने गरिएको कुरामा नेता कोइरालाले सहमति समेत  जनाए। दुईदलको सरकारले देश र जनताको काम गर्न, सुशासन कायम गर्न, भ्रष्टाचार न्यूनीकरण गर्न ध्यान दिनुपर्ने भन्दै हामीले खबरदारी पनि गरेका छौ, अरुले पनि खबरदारी गर्नुपर्छ।’ कोइरालाको भनाइ थियो।

काँग्रेस केन्द्रीय समितिको म्याद एकबर्ष थप्ने तयारी, २०८३ साउनपछि मात्र महाधिबेशनको प्रक्रिया शुरु हुने सम्भावना

८ फाल्गुन २०८१, बिहीबार १२:०८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
अर्जुन ओझा