Play

सिद्धबराह माबिको पहिलो ब्याचका बिद्यार्थीको पुनर्मिलन, पुराना दिनको स्मरण

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२३ कास्की स्थित सिद्धबराह माविमा २०४४ सालमा कक्षा ८ मा पढेका बिद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ। बिद्यालयको प्रांगणमा भएको उक्त कार्यक्रममा सहभागी पूर्व बिद्यार्थीहरुले बिद्यालयमा अध्ययन गर्दाको पुराना दिन स्मरण गर्नुको साथै आगामी दिनमा पूर्व बिद्यार्थीहरु संगठित भएर कसरि अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो।

सहभागीहरुले तत्कालिन अबस्थामा विद्यालयको भौतिक संरचनाको अभावमा बिद्यार्थीहरु चौर र नजिकै रहेका टहरामा बसेर समेत पढ्नुपर्ने अबस्थाको स्मरण गर्दै बर्खायाममा बिद्यालयमा आउदा खोलामा बाढी आएको, खोला तर्न नसकेर वारी र पारी रहनुपरेको र अहिलेकाही खोलाले बगाए पनि ज्यान बचाउँदै, रुज्दै भिज्दै कक्षा कोठामा पुग्ने र कहिलेकाहीं कक्षामा आउन नसकी घर फर्किनुपर्ने अबस्था रहेको बताएका थिए। कक्षाकोठामा पनि बस्ने फर्निचर र बोर्डको अभाव जस्ता कुराको चर्चा गर्दै बर्तमान अबस्थामा बिद्यालयको भौतिक विकासले फड्को मारेको तर अझैपनि विद्यालयले प्रबिधि र समय अनुसारको सुबिधा बिद्यार्थीलाई दिन नसकेको उल्लेख गरेका थिए।

कक्षा ८ मा पढ्ने बिद्यार्थीको पहिलो समूहमा रहेका शंकर अर्याल, राजु पराजुली र बिष्णु दाहाल मणिपाल अस्पतालमा बिरामी आफन्त भेट्न जाने क्रममा संयोगले भेट भएपछि सामान्य कुराकानी गरेर पूर्व बिद्यार्थीहरुको पुनर्मिलनको आबश्यकता महशुस गरिएको र सोहि अनुरुप केहि महिनापछि कार्यक्रम आयोजना गरिएको अर्यालले गुरुकुल खबरलाई जानकारी दिए।

कार्यक्रममा पूर्व बिद्यार्थी तथा हाल सोहि बिद्यालयका शिक्षक प्रेम पराजुलीले भेटघाट तथा बिद्यार्थी पुनर्मिलनको बारेमा प्रकाश पारेका थिए। भने जनकल्याण बोर्डिंग स्कुलका संचालक बिष्णु दाहाल र बैंकिंग क्षेत्रमा क्रियाशील पबित्रराज पौडेलले आगामी दिनमा पुर्ब बिद्यार्थीहरुले गर्नसक्ने कुराको बारेमा प्रकाश पारेका थिए यसैगरी हाल होटल र पर्यटन क्षेत्रमा क्रियाशील पूर्व बिद्यार्थी शंकर अर्याले आफुहरु पढेको विद्यालयको अबस्था सुधार गर्न सकिने सहयोगका बारेमा चर्चा गरेका थिए।

उक्त भेलाले पूर्व बिद्यार्थीहरुको एक तदर्थ समिति समेत गठन गरेकोमा अध्यक्षमा विष्णुप्रसाद दाहाल, उपाध्यक्षमा शंकर प्रसाद अर्याल र गीता पराजुली, सचिबमा टंकराज पराजुली, सहसचिबमा भीममाया ढकाल तथा सदस्यहरुमा भोलाराम बिक, अर्जुन सुनार, सुर्यप्रसाद भण्डारी, नारायण प्रसाद भण्डारी र भवानी प्रसाद भुगाईलाई चयन गरेको छ भने सल्लाहकारहरुमा प्रेमप्रसाद पराजुली, बद्रि पराजुली, युवराज पराजुली,कमला थापा, पवित्रराज पौडेल र कानुनि सल्लाहकारमा भगवती शर्मा भण्डारीलाई चयन गरेको छ।

४ फाल्गुन २०८१, आईतवार ०७:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा