Play

कास्की समाज कतारको श्रष्टा सम्मान र भेटघाट पोखरामा, समाजले गरेका रचनात्मक कामको प्रशंसा

गुरुकुल खबर


पोखरा,  कास्की जिल्लाबाट रोजगारी एबम अन्य कामको शिलशिलामा कतारमा पुगेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज कतारले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका स्रस्टाहरुलाई सम्मान गरेको छ । कास्की जिल्लाबाट कामको शिलशिलामा कतार पुगेका कस्केलीहरुले सन २००२ मा कास्की आदर्श समाज संस्थाको स्थापना गरेका थिए ।

कतार सहित विभिन्न मुलुकमा पुगेका कस्केलीहरुले  किसिमका संस्था स्थापना गर्ने क्रममा हालसम्म करिब २५ वटा मुलुकमा कस्केलीहरुका संस्था बनिसकेको अन्य दशवटा मुलुकमा संस्था स्थापनाको पहल भैरहेको र सबै मुलुकका संस्थाहरुलाई समन्वय गर्न अन्तराष्ट्रिय समन्वय परिषद समेत बनाइएको जानकारी उक्त कार्यक्रममा दिईएको थियो । सोहि संस्था सहित अन्तराष्ट्रिय समन्वय समिति र कास्की समाजमा रहेका विभिन्न व्यक्तित्वहरुबीच भेटघाट कार्यक्रम समेत सोहि अबसरमा गरिएको थियो ।

कास्की आदर्श समाज कतारको आयोजना तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालको समन्वयमा पोखरामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गर्ने क्रममा शिक्षा क्षेत्रमा योगदान दिएको भन्दै चतुरमान श्रेष्ठलाई, साहित्य क्षेत्रमा योगदान दिएको भन्दै छविलाल आचार्यलाई, स्वास्थ्य क्षेत्रमा योगदान दिएको भन्दै डाक्टर सूर्य देवकोटालाई, संचार क्षेत्रमा योगदान दिएको भन्दै राजबहादुर गुरुङलाई र कला क्षेत्रमा योगदान दिएको भन्दै चलचित्र निर्देशक माओत्सेतुंग गुरुङ लाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र न. ३ का संघिय सांसद दामोदर बैरागी सहित बिशेष अतिथिहरु कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का प्रेस सल्लाहकार गंगाधर पराजुली, संरक्षक तिलकशाली सापकोटा, उपाध्यक्ष सन्तोष तिमिल्सिना र समाजको कतार समितिका उपाध्यक्ष कृष्ण भण्डारी लगाएतले दोषल्ला, सम्मानपत्र र जनही दश हजार रुपैया नगद सहित सम्मान गरेका थिए। यसैगरी कार्यक्रममा समाजका सदस्यका छोराछोरीहरु मध्ये यस अगाडिको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सविन कुमार भण्डारीलाई प्रसंसापत्र प्रदान गरिएको थियो ।

त्यस अबसरमा बोल्दै प्रमुख अतिथि संघिय सांसद दामोदर बैरागीले कास्की आदर्श समाज कतारले गरेका कामहरु अनुकरणीय रहेको भन्दैँ प्रशंशा गरे । उनले विदेशमा सिकेको सिप र अनुभव नेपालमा प्रयोग गर्नको लागि आग्रह समेत गरे।  बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्नको लागि उपयुक्त बाताबरण तयार गर्नको लागि बर्तमान सरकारले अध्यादेश ल्याएको सांसद बैरागीले स्पष्ट पारे। सांसद बैरागीले कास्कीको समग्र बिकासको लागि सरकार संगै आम सर्बसाधारण र बिदेशमा बस्नेहरुको समेत सहयोग आबश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमका बिशेष अतिथि कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्यवय परिषदका प्रेस सल्लाहकार एबम नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय उपसभापति गंगाधर पराजुलीले कतारको जनसंख्या करिब ३२ लाख मात्र रहेपनि त्यहाँ नेपालीहरुको ठुलो संख्या रोजगारीको शिलशिलामा पुगेको बताउंदै पछिल्लो समय कतारमा विभिन्न ब्यबसाय गर्ने नेपालीहरुको संख्या पनि बढ्दै गएको बताए । उनले कास्की आदर्श समाज कतारमा बसेर श्रम गर्ने तथा अन्य काम गर्ने साथीहरुले आँफु सहित आफ्नो परिवार र देशको लागि मात्र नभएर कास्की जिल्लाको सामाजिक क्षेत्रमा समेत रचनात्मक काम गरेर आफ्नो जन्मभूमिप्रति योगदान गरेको उल्लेख गरे ।

कास्की आदर्श समाज कतारका अध्यक्ष अगन्धर देवकोटा कतारमा रहेको कारण हाल नेपालमा आएका समाजका उपाध्यक्ष एबम कार्यक्रम संयोजक कृष्ण भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक तिलकशाली सापकोटा, अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सिना र कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, कार्यक्रम संयोजक अमिर श्रेष्ठ लगायतले समाजले आफ्नो गृह जिल्लामा विभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा योगदान दिएको र विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको भन्दै समाजको प्रशंसा गरेका थिए ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिकाका प्रमुख बिष्णुबहादुर केसी, सहित सम्मानित व्यक्तित्वहरु डा. सुर्य देवकोटा, चतुरमान श्रेष्ठ, छबिलाल आचार्य र राजबहादुर गुरुङले पनि समाजका गतिविधिको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा अनुष्का बिक, कृपा सुनार, शर्मिला बिक, रुपेश भण्डारी, पुष्पा सुनार लगायतले गीत र नृत्य प्रस्तुत गरेका थिए  ।

३ फाल्गुन २०८१, शनिबार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा