पोखरा, पोखरा महानगरपालिका–१ टुंडिखेलमा सम्पन्न आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसीले उपाधि जित्न सफल भएको छ । गन्नी फुटबल क्लबले रामघाट फुटबल क्लबलाई पराजित गरेर बिटी कपको उपाधि जित्न सफल भएको हो ।
मंगलबार पोखराको टुंडिखेलस्थित खेल मैदानमा भएको फाइनल खेलको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि रहेका पोखराका युवा उद्योगी एबम ब्यबसायी किरण केसीले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेर फाइनल खेलको शुभारम्भ गरेका थिए ।
त्यस अबसरमा बोल्दै केसीले बुद्धटोल युथ क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता सहितका रचनात्मक गतिबिधि र क्रियाकलापमा आँफु सहित आंफु सम्बद्ध औधोगिक प्रतिष्ठानले सहकार्य गर्ने बिश्वास दिलाए। उनले कार्यक्रममा बयोबृद्ध र समाजसेवी व्यक्तित्वहरु क्या. रक्षबहादुर गुरुङ र सु. मिन बहादुर गुरुङ लगायतलाई सम्मान गर्न पाएकोमा खुसि प्रकट गर्दै पोखरामा विभिन्न क्लबहरुले खेलकुदको बिकासको लागि पुर्याएको योगदानको प्रशंशा गरे ।
फाइनल खेलमा रामघाट फुटक्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी फुटबल क्लबले उपाही जित्न सफल भएको हो । गन्नी फुटबल क्लबको तर्फबाट विकास परियारले गरेको एक गोल नै निर्णायक बन्न पुगेको हो ।
प्रतियोगिताको बिजेता बनेको गन्नी फुटबल क्लबले नगद रु १ लाख ८१ हजार १ सय ११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । गन्नी क्लबका खेलाडीलाई कार्यक्रमका बिशेष अतिथि रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र महासंघको राष्ट्रिय परिषद सदस्य राजबहादुर गुरुंगले ट्रफी र पुरस्कार प्रदान गरेका थिए ।
यस्तै उपविजेता बनेको रामघाट फुटबल क्लबले नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रामघाट फुटबल क्लबलाई ज्ञानुबाबा बोर्डिंगका संचालक शुभकन्या गुरुङ, कृष्ण बहादुर गुरुङ र बयोबृद्ध समाजसेवी नन्दकुमारी गुरुङले पुरस्कार प्रदान गरेका थिए ।
सो प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै गन्नी एफसीका विकास परियारले साइकलसहित ट्रफि प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षकको उपाधि गन्नी फुटबल क्लबका दिप कार्कीले पाएका थिए भने उत्कृष्ट डिफेन्डरको उपाधि पनि गन्नी फुटबल क्लबका हेमन्त तामाङले पाएका थिए । यसैगरी उत्कृष्ट मिडफिल्डरको उपाधि रामघाट फुटबल क्लबका मनिष तामांगले पाएका थिए।
प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि छोरी सुशान टिमका अंकित गुरुङलाई, सर्वाधिक गोलकर्ताको उपाधि बिगसिटी क्याफे, लेकसाइडका आयुष थापाले पाएका थिए। थापाले प्रतियोगिता अबधिमा ६ गोल गरेका थिए विभिन्न उपाधि पाएका खेलाडीहरुलाई नगद रु ७ हजार र ट्रफी प्रदान गरिएको थियो।
प्रतियोगितामा अनुशासित टिमको रुपमा केआइइसी बुन फुटबल क्लबलाई पुरष्कृत गरिएको थियो। अनुशासित टिम भएकोमा उक्त क्लबले ९ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक सन्तोष गुरुङले गुरुकुल खबरलाई जानकारी दिए। समापन समारोहको संचालन अश्मिता गुरुंगले गरेकी थिइन।
विभिन्न विधामा बिजयी खेलाडी र टिमलाई कार्यक्रमका प्रमुख अतिथि रहेका किरण केसी, बिशेष अतिथि रहेका पोखराका अग्रज पत्रकार गंगाधर पराजुली र राजबहादुर गुरुङ, पोखराका अग्रज साहित्यकार सरुभक्त, क्लबका प्रमुख सल्लाहकार एबम जनप्रतिनिधि गौप्रसाद गुरुङगु, क्लबका अध्यक्ष असिम थापा, उपाध्यक्ष सन्तोष गुरुङ र शिक्षासेवी शुभकन्या गुरुङ, कृष्णबहादुर गुरुङ, युवा पर्यटन ब्यबसायी आशिक गुरुङ, ब्यबसायी शीतल अधिकारी, कार्यक्रम संचालक अश्मिता गुरुङ, नमुना आमा समुहकी अध्यक्ष रिता आचार्य, भिमकाली टोल आमा समुहकी अध्यक्ष सुशिला पुन, सिम्पानी तमु समाजका अध्यक्ष गंगाबहादुर गुरुङ, सिम्पानी आमासमुहकी अध्यक्ष बन्दी गुरुङ, बगर तमुसमाजकी अध्यक्ष गौमाया गुरुङ, माछापुच्छ्रे बैंक बगर शाखाका प्रबन्धक उज्वल घिमिरे लगायतले बिजयी एबम सहयोगीहरुलाई पुरस्कार, प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरेका थिए।
फाइनल खेल हुनु अगाडी र पछाडी विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । उक्त प्रतियोगितामा करिब ५० टिम सहभागी रहेको सल्लाहकार गौप्रसाद गुरुङले गुरुकुल खबरलाई जानकारी दिए। यस अगाडिको प्रतियोगिताको उपाधि लामागाउँ गुम्बा टिमले जित्न सफल भएको थियो जितेको थियो ।
पोखराको टुंडिखेल आसपासका युवाहरु मिलेर बनाइएको बुद्धटोल युथ क्लबले बिगत १८ बर्ष देखि यस किसिमको प्रतियोगिता लगायतका अन्य सामाजिक र रचनात्मक कामहरु गर्दै आइरहेको छ। क्लबको संस्थापक अध्यक्ष अरुण गुरुङ र निबर्तमान अध्यक्ष विजय गुरुङ रहेको क्लबले जनाएको छ।
क्लबको बर्तमान अध्यक्षमा असिम थापा, उपध्यक्षमा सन्तोष गुरुङ, सचिबमा रेशम सापकोटा, सहसचिबमा कैलाश गुरुङ,कोषाध्यक्षमा दिपक कार्की र सदस्यहरुमा अनुप पुन,रामकाजी गुरुङ,बिनोद गुरुङ, क्रिबिन गुरुङ, निकेश गुरुङ, राज गुरुङ, संगम दर्जी, कुमार गुरुङ,आशा गुरुङ र एनी गुरुङ रहेका छन् भने सल्लाहकारहरुमा विश्वमान गुरुङ, मुक्ति सागर गुरुङ, राधा गुरुङ र बिनिता गुरुङ रहेका छन ।
बिटी क्लब हाल अमेरिका, बेलायत, पोर्चुगल, बहराईन, हंगकंग लगायतका मुलुकमा समेत गठन भैसकेको र पोखरामा हुने कार्यक्रममा सहयोग समेत गर्दै आएका छन ।
‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको बुद्धटोल क्लबले आयोजना गरेको आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन यहि माघ २२ गते नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गरेका थिए।
यो पनि ..
प्रतिष्पर्धासंगै मेलमिलापलाई अगाडी बढाउने कुरा राजनीतिकर्मीले खेलाडीबाट सिक्नुपर्छ- गृहमन्त्री लेखक