Play

कास्कीको सल्यानमा शालिक सहितको ‘कृष्णबहादुर गुरुङ स्मृति पार्क’ को निर्माण

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्कीका नेता स्व. कृष्णबहादुर गुरुङको नाममा अन्नपुर्ण गाउँपालिका -४ सल्यानको बासखर्क टोलमा ‘शहिद कृष्णबहादुर स्मृति पार्क’ को निर्माण अन्तिम चरणमा पुगेको छ। पार्कमा स्व. गुरुंगको अर्धकदको शालिक समेत राखिने भएको छ। अबको केहि दिनमा पार्कको निर्माण कार्य सम्पन्न हुने बताइएको छ ।

स्व, गुरुङकी धर्मपत्नी चिज कुमारी गुरुङले आफ्नो नामको आधा रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा कृष्णबहादुर स्मृति प्रतिष्ठान’ को नाममा दान गरेपछि त्यहा शालिक सहितको पार्क निर्माण शुरु गरिएको हो। पार्क निर्माणमा १० लाख रुपैया भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

 (अन्नपुर्ण गाउँपालिका -४  बास्खार्क  टोल, सल्यानमा निर्माणाधीन कृष्णबहादुर स्मृति पार्क )

हाल अन्नपुर्ण गाउँपालिकाबाट प्राप्त हुने सिमित सहयोगमा निर्माण कार्य भैरहेको स्व गुरुङका जेठा छोरा विजय गुरुङले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार पार्कको निर्माण केहि दिनमा सकिने भएपनि शालिक निर्माण कार्यको लागि भने थप केहि समय लाग्ने भएको छ।

नेपाली काँग्रेस कास्कीका नेता कृष्णबहादुर गुरुंगलाई २०५९ बैशाख ६ गतेका दिन तत्कालिन बिद्रोही माओबादीले निर्ममता पुर्बक हत्या गरेका थिए। गुरुङ तत्कालिन कास्की जिल्ला विकास समितिको सदस्य तथा नेपाली काँग्रेस कास्कीको उपसभापति समेत थिए ।

(स्व. कृष्णबहादुर गुरुंगको घरमा उनकी धर्मपत्नी चिजकुमारी गुरुङ र नेपाली काँग्रेस कास्कीका नेता गंगाधर पराजुली)

उनि तत्कालिन सल्यान गाउँ पंचायतको प्रधानपंचमा दुई कार्यकालसम्म निर्बाचित भएर काम गरेको भएपनि २०४६ को आन्दोलनमा उनि नेपाली काँग्रेसको पक्षमा सक्रिय भएर लागेका थिए। त्यसपछि उनि निरन्तर नेपाली काँग्रेसको बिभिन्न जिम्मेवारीमा रहेपनि ५२ बर्षको उमेरमा २०५९ सालमा माओबादीले उनको हत्या गरेका थिए।

स्व. गुरुङका दुई छोरा बिजय र उदय गुरुङ रहेकोमा बिजय नेपाली काँग्रेस अन्नपुर्ण गाउँपालिकाको सचिब एबम सोहि गाउँपालिका -४ बाट निर्बाचित वडा सदस्यको भूमिकामा कार्यरत छन भने उदय हाल नेपाल बाहिर छन ।

२९ माघ २०८१, मंगलवार १२:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा