Play

‘लाएँ माया तिमीलाई छानी’ लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन

गुरुकुल खबर


झापा,  गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी ‘गीत लाएँ माया तिमीलाई छानी’ को म्युजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट रीलिज गरिएको छ।

रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यले गीतको बिमोचन गरेपछि युटुबबाट रिलिज गरिएको हो। कार्यक्रममा गीतको भिडियोमा प्रमुख अभिनय गर्ने माही शर्माको पनि उपस्थिति रहेको थियो ।

मारवाडी भाषामा गीत कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो । गायक निरज पोखरेल र गायिका मेलिना राइको स्वरमा रहेको गीतमा सङ्गीत पनि गायक पोखरेलकै रहेको छ।

कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायलले गीतको बारेमा चर्चा गरेका थिए भने गायिका पबित्रा ओली र गायक निरज पोखरेलले गीत प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार टक बिकल्प, माधब पौडेल ओम प्रकाश भट्टराई, गायक उमेश पान्डे, प्रदीप महतो, निमेष शिवाकोटी, गीतकार तथा साहित्यकार लबकुश गौतम लगायतले गीत संगीतको बारेमा आआफ्नो भनाई राखेका थिए ।

२९ माघ २०८१, मंगलवार १०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा