Play

पोखरामा रुख काटिएको बिषयमा अख्तियारले अनुसन्धान गर्ने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरको विभिन्न स्थानमा रहेका बर्षौं पुराना रुखहरु काटिएको घटना सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखराले अनुसन्धान गर्ने भएको छ । बिशेष गरि पोखरा महानगरपालिका वडा नम्बर १४, १३ र ६ का सयौं वर्ष पुराना ऐतिहासिक चौताराका वरपीपलका रुख ठुटो हुने गरी काटिएको छ।

केहि महिना यता बजारको विभिन्न क्षेत्रमा बर, पिपल, समी वा अन्य पुराना र धार्मिक दृष्टिले महत्वपूर्ण रुख ठुटो हुने गरि काट्न लागिएको भएपनि आम सर्बसाधारणले सामाजिक संजालबाट चर्को विरोध गर्न लागेपछी पोखरा महानगर पालिकाको कार्यालय सहित सरोकारवालाले चासोदेखाके देखाएका थिए। त्यसपछी मात्र पोखरा महानगरले पोखरामा कोटीहोम सहितको महायज्ञको लागि संकलन गरिएको करिब ५० ट्रक दाउरा जफत गरेको छ  ।

वन कार्यालय कास्कीले ऐन विपरीत पुराना वरपीपलका रुख काटिएकाले मुद्दा लाग्ने भनिरहेका बेला अख्तियार कार्यालय पोखराले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखराका प्रमुख आस्मान तामाङले उजुरी परेपछि वरपीपलका रुख कटानबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘हाम्रो कार्यालयमा उजुरी पर्‍यो । केन्द्रीय कार्यालयले नै यस विषयमा थप अनुसन्धान गर्नु भनेपछि यस विषयमा थप बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

प्रमुख तामाङका अनुसार अहिले डिभिजन वन कार्यालय कास्कीसँग रुख काटिएको विषयबारेमा प्रतिवेदन माग भएको छ । ‘खास यो विषय वन कार्यालयसँग सम्बन्धित छ । यहाँबाट प्रारम्भिक प्रतिवेदन माग भएको छ । के भएको हो ? किन, यसरी काटियो ? कसले काट्यो, किन काट्यो ? खुल्दै जाला ! त्यसपछि के भएको हो, हाम्रो कार्यालयले अनुसन्धान गर्छ,’ उनले भने ।

२८ माघ २०८१, सोमबार २०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा