Play

संस्कृतिविद डा. जगमान गुरुंगलाई पिताम्बर विष्णुराज्य प्रतिष्ठानको सम्मान

गुरुकुल खबर


पोखरा,  पिताम्बर विष्णुराज्य प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविद् प्राडा. जगमान गुरुङलाई सम्मान गरेको छ । प्रतिष्ठानले ५० हजार ५ सय रुपैयाँ ताम्रपत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो ।

संस्थाले यसअघि साहित्यिक व्यक्तित्व डा महेश्वर शर्मा पौडेल र नारायणप्रसाद अधिकारीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अहिलेको समयमा नैतिकताको खडेरी भएको बताए । उनले मेहेनत गरेर गरिमामय पदसम्म पुग्ने जगमानबाट सबैले सिक्नुपर्नेमा जोड दिए ।

अग्रज पत्रकार नारायण कार्कीले जगमान प्रखर राष्ट्रवादी व्यक्तित्व भएको बताए । संस्थाका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले आग्रह/पूर्वाग्रह रहित पुरस्कार यो प्रतिष्ठानले दिँदै आएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक पृथ्वीराज शर्मा तिमिल्सिना, वैदिक दर्शन अध्येता डा नारायण अधिकारी, पूर्व अञ्चलाधीश लालकाजी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ॅबिखर्ची’, डा जर्ज जोन, संस्थाका सचिव नवराज पौडेल लगायतले बोलेका थिए ।

२८ माघ २०८१, सोमबार २०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा