Play

कास्की समाज जापानको अधिबेशन, कमल अध्यक्ष रहेको नयाँ समिति निर्बिरोध निर्बाचित

गुरुकुल खबर


 पोखरा, कास्की पोखरा समाज जापानको आईतवार सम्पन्न छैठौं अधिवेशनबाट आगामी कार्यकालका लागि कमल वास्तोला अध्यक्ष रहेको नयाँ समिति चयन गरिएको छ।  कार्यसमितिका अध्यक्ष सहित कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्बाचित भएका हुन।

समितिको तिनजना उपाध्यक्षहरुमा बिशु भण्डारी उपाध्यक्ष, दिपक सुनार र मनोज तिवारीलाई चयन गरिएको छ भने महासचिबमा सरोज कार्की महासचिव, दुई सचिबमा जिबन पोखरेल कन्चन र तोयानाथ ढकाल,  कोषाध्यक्षमा गोबिन्द पौडेल अनिस, सह कोषाध्यक्षमा कुल प्रसाद बाँस्तोला, सह-कोषाध्यक्षमा सुर्य कडेल चयन भएका छन।

यसैगरी समितिको प्रमुख संरक्षकमा अन्जु भण्डारी,  युवा संयोजकमा तारानाथ बराल, महिला संयोजकमा सुमन कुँवरलाई राखिएको छ । यसैगरि कार्यसमितिको सदस्यहरुमा, सुनिता बन्जरा, लक्ष्मी कार्की, कबिता तिवारी, बिजय गुरुङ, खगराज ढुङ्गाना, राम गुरुङ, नगेन्द्र सुबेदी, बिन्दुराज सापकोटा, युबराज सुबेदी, सुन्दर बराल, रुद्र प्रसाद शर्मा, सुर्य लामीछाने,  नबिन सुबेदी, उदय सुबेदी रहेको छन । समाजका निबर्तमान अध्यक्षमा सन्देश अधिकारी रहेको छन।

अधिबेशनको उद्घाटन जापानका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीले गरेको र अधिबेशनले आगामी दुई बर्षको लागि नयां कार्यसमिति निर्बिरोध निर्बाचित गरेको निबर्तमान अध्यक्ष सन्देश अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए। अधिवेशनका अबसरमा नेपालको पर्यटकीय राजधानी पोखरा सहित कास्कीको परिचय दिने उद्देश्यले  प्रकाशन गरिएको स्मारिकाको विमोचन गरिनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

अधिवेशनबाट नयां कार्यसमिति चयनका लागि समाजका संरक्षक एवं एनआरएन जापानका निर्वतमान अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा निर्वाचन समिति लगायत विभिन्न उपसमिति बनाईएको समाजको महासचिव सरोज कार्कीले जानकारी दिए ।

यसैबीच कास्की पोखरा समाज जापानको नबनिर्बाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बनिया र महासचिब केदार कुँवरले विश्वका विभिन्न मुलुकमा रहेका कस्केलीहरुको खोजी अभियानलाई अझै बढाउने र जन्मथलोको रुपमा रहेको कास्कीलाई समृद्ध बनाउने अभियानमा सबैको साथ् र सहयोगको अपेक्षा गरेका छन। कस्केलिहरुलाई एकै मालामा उनेर  आपसी सहकार्य, समन्वय र अपनत्व बढाउने तर्फ सबै सक्रिय रहन समेत उनीहरुले आग्रह गरेका छन ।

ओकिनावा क्षेत्रिय समितिको अध्यक्षमा ढकाल

यसैबीच  कास्की पोखरा समाज जापान अन्तर्गत ओकिनावा क्षेत्रमा पनि नयाँ क्षेत्रिय समिति गठन गरिएको छ। समाजका निबर्तमान अध्यक्ष सन्देश अधिकारीले दिएको जानकारी अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा अनिल कुमार ढकाल रहेका छन ।

समितिको महिला उपाध्यक्षमा अनिता अधिकारी, उपाध्यक्षमा विदुर भट्टराई र नीरज पौडेल, सचिवमा अनिल पौडेल, सह-सचिवमा  माधव शर्मा, कोषाध्यक्षमा अजय ढकाल, सह-कोषाध्यक्षमा सम्झना पोखरेल रहेको छन । कार्यसमितिको सदस्यहरुमा सुष्मिता पराजूली, भावना बराल, सुमन अधिकारी, बिजय पौडेल, विशाल ढुंगाना, बिष्णु राई र सुदीप ढकाल रहेको छन।

२८ माघ २०८१, सोमबार ११:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा