Play

त्रिमूर्ति दिवसमा सुबेदी, कक्षपती र शर्मालाई एक/एक लाखको पुरस्कार

गुरुकुल खबर


काठमाडौं, त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२३ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा चार जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान प्रदान गरियो ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईलेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीले श्री रामबाबु सुवेदीप्रा.डा.सावित्री कक्षपती र प्रा.डा.बेञ्जु शर्मालाई पुरस्कार प्रदान गरेका थिए ।

 दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिएकोले रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिएको जनाईएको छ ।

नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली रङ्गकर्मको संवर्धनमा समेत समाहित हुँदै नेपाली भाषासाहित्यको सेवामा मनवचन र कर्मले समर्पित प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको संस्थाले जनाएको छ ।

विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको र सबै पुरस्कार ताम्रपत्र सहित जनही एकएक लाख रूपियाँका रहेका छन् ।

समारोहमा मुक्तक साम्राज्ञी उषा शेरचनले आफ्नो कविता सुनाएकी थिईन ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्नो भनाई राखेका थिए ।

२७ माघ २०८१, आईतवार २१:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा