Play

नेपाल पुलिस क्लब आहारारा गोल्डकपको सेमीफाईनलमा

गुरुकुल खबर


पोखरा, पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ  कर्नर किकको सहयोगमा २ गोल गर्दै नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको हो । साहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वार्टर फाइनल खेलमा पुलिसले पाहुना टोली युकेको ब्रिगेड ब्वाइज युनाइटेड क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि खेलको २८ औं मिनेटमा विवेक पाण्डे र ४० औं मिनेटमा राम वाजीले गोल गरेका थिए । दुवै गोल कर्नरकिकमार्फत् भएका हुन् । खेलको २८ औं मिनेटमा पुलिसका सुनील तामाङको बल क्लियर गर्ने क्रममा ब्रिगेडका कर्मा शेर्पाले कर्नरका लागि बल बाहिर फालेपछि पाएको कर्नरकिकलाई पुलिसले सदुपयोग गर्दै अग्रता लिएको हो । सो कर्नरमा विवेकले सिधै जाली चुमाएका थिए ।

पुलिसका लागि ४० औं मिनेटमा कर्नरबाटै अर्को गोल निस्कियो । विवेककै कर्नरमा सेकेन्ड बारनजिकै रहेको कप्तान राम वाजीले हेड गोल गरेका थिए । यसरी पुलिसलाई जित दिलाउन कर्नरकिकको साथ रह्यो । पुलिसले क्वार्टर फाइनल प्रवेशका लागि पनि कर्नर किकबाटै गोल गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई हराउन पुलिसका खेलाडी उज्ज्वल राईले कर्नरबाटै उत्कृष्ट गोल गरेका थिए ।

पुलिसलाई कर्न रकिकबाट साथ रहँदा पाहुना टोलीको भने हरेक क्षेत्रमा फितलो प्रदर्शन रह्यो । खेल अवधिभर नै ब्रिगेडले गतिलो मुभ बनाउन सकेन । १२ औं मिनेटमा ब्रिगेडका अनुज थापाको प्रहार पुलिसका डिफेन्डरले विफल बनाए । १६ औं मिनेटमा कर्मा शेर्पाले पोस्टमा प्रहार गरेको फ्रिकिक कुनै खेलाडीले भेटेनन् । त्यसलाई पुलिसका खेलाडीले क्लियर गरे । ३४ औं मिनेट पुलिसका विवेकको कर्नरमा कप्तान राम वाजीको हेड बल ब्रिगेडका डिफेन्डरले बचाए ।

(पुलिसले पाहुना टोली युकेको ब्रिगेड ब्वाइज युनाइटेड क्लबलाई २–० ले हरायो)

Advertisement

दोस्रो हाफमा झनै कमजोर प्रदर्शन गरेको ब्रिगेडको पोस्टमा बारम्बार प्रहार गरिरह्यो । तर, गोल गर्न भने सकेनन् । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै पुलिसले राम्रो अवसर खेर फाल्यो । पुलिसका विवकले मैदानको दायाँ भागबाट हानेको प्रहार फ्रेममा परेन । ६५ औं मिनेटमा विवेककै क्रसमा आशीष राईले पेनाल्टी बक्स भित्रबाट हानेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
७७ औं मिनेटमा पाहुना टोलीले राम्रो मुभ बनाएको थियो । सक्तिम लिम्बुको फ्रिकिकमा विशाल तामाङको हेड बल पुलिसका किपर शत्रुधन चौधरीले क्लियर गरे । त्यसको १ मिनेटपछि पुलिसका आशीष राईको लङ सट ब्रिगेडका गोलरक्षक अनुपले सहजै बचाए ।

खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले ॅडेड बल’मा गोल गर्दा खेल जित्न सहज भएको प्रतिक्रिया दिए । प्रशिक्षणका क्रममा फ्रिकिक, कर्नरकिक, पेनाल्टी जस्ता ॅडेड बल’ मा बढी केन्द्रीत भएको उनको भनाइ छ । ॅआजको गेममा फिजिकल्ली बढी भएको थियो । हामीले त्यसको सामना गरियो,’ उनले भने, ॅपहिलो खेलमा पनि डेड बलबाटै स्कोर गरियो, आज पनि त्यही योजना अनुसार सफल भइयो ।’

ब्रिगेडका प्रशिक्षक सुरेश रानाले भने मैदानका अवस्था, प्रशिक्षण अभाव र खेलाडीमा स–साना चोटका कारण खेल हारेको टिप्पणी गरे । खेलाडीको प्रदर्शनबाट भने खुसी नै रहेको उनको प्रतिक्रिया छ । ॅयुकेको तुलनामा यहाँका ग्राउन्ड अली हार्ड नै रहेछ । यहाँ आएर थोरैमा १/२ महिना प्रशिक्षण गर्नुपर्ने रहेछ,’ उनले भने, ॅग्राउन्ड अलि राम्रो भएको भए प्रदर्शन अझै राम्रो हुने थियो । ग्राउन्डमा राम्रो घाँस भयो भने खेलाडी लड्ने सम्भावना कम हुन्छ । यहाँ प्राटिक्स गर्दा धेरै खेलाडीको छाला गइसकेको छ ।’

सेमिफाइनलमा पुलिसको भेट माघ २८ गते हुने चर्च ब्वाईज र त्रिभुवन आर्मीबिचको विजेतासँग माघ ३० गते हुनेछ । प्रतियोगितामा पुलिसका कप्तान राम वाजी म्यान अफ दी म्याच चुनिए । प्रतियोगिता अन्तर्गत आइतबार दोस्रो क्वार्टर फाइनल खेलमा थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्ने छन् । थ्रीस्टार सिधैं बाइ पाएको टिम हो भने मच्छिन्द्रले एपिएफलाई २–० गोल अन्तरले हराएर क्वार्टर फाइनल पुगेको हो ।

पुलिसले पाहुना टोली युकेको ब्रिगेड ब्वाइज युनाइटेड क्लबलाई २–० ले हरायो

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पाँच विधाकोपुरस्कारलाई सूर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ । प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन ५ हजार रुपैयाँबाट पुरस्कृत गर्दै आएको छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिइओ हरिकुमार श्रेष्ठले गरेका हुन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्दै आएको छ ।

२६ माघ २०८१, शनिबार २३:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा