Play

खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी, ५० लाखको क्षती, मर्मत कार्य शुरु

गुरुकुल खबर


काठमाडौँ, काठमाडौँको खानेपानी मन्त्रालयमा खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागीका कारण क्षती भएकोमा मरमत कार्य शुरु भएको छ। शनिबार बिहान करिब ९ बजे भएको उक्त आगलागीको कारण खानेपानीमन्त्री प्रदिप यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको थियो। आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ ।आगलागीका कारण करिब ५० लाख बराबरको क्षति भएको जनाइएको छ ।

अचानक लागेको आगोले मन्त्री यादवको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए । आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको बताईएको छ । आगलागी पश्चात तत्काल मन्त्रालय पुगेका मन्त्री यादवले महत्वपुर्ण कागजातहरु क्षती नभएको बताए ।

यसैबीच आगलागी भएको स्थानमा अहिले मर्मतको काम शुरु गरिएको छ उपप्रधान एबम शहरी बिकास मन्त्री प्रकाशमान सिंहले अबलोकन गरे लगत्तै मरमतको काम शुरु भैसकेको जनाइएको छ ।

मन्त्री यादवसहित मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्रचार्य, सहसचिव रमाकान्त दुवाडी सहितको टोलीले आगलागीले जलेको कार्यकक्षको निरीक्षण गरेका थिए । निरीक्षण पश्चात सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा भने कुनै क्षति नभएको मन्त्री यादवले बताए ।

उनले भने, ‘मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिव ज्युलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजात बाहेक कुनै पनि महत्वपूर्ण कागजात नष्ट भएको छैन ।’

विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘दुःखद घटना भयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिजो शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ । आज भने आगलागी भयो ।’

२६ माघ २०८१, शनिबार १६:०९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा