Play

स्थानीयभन्दा संसदीय निर्बाचन पहिले गर्नुपर्नेमा कांग्रेस सांसदहरुको जोड, अध्यादेशप्रति असन्तुष्टि

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका सांसदहरुले पार्टीको संसदीय दलको बैठकमा संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग गरेका छन् । शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बसेको नेपाली काँग्रेस  संसदीय दलको बैठकमा सांसदहरूले अब हुने स्थानीय तहको निर्बाचन पहिले नै संसदिय निर्बाचन गर्नको लागि व्यवस्था मिलाउन माग गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आज सांसदहरूले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकास निर्माणका कुराहरू उठाउनुभएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक आज नै सक्ने गरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरूको क्रम लामो भएकाले आजको बैठक सकिएन । सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । यो संसद्को बैठक माघ २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्ने गरी बैठकलाई स्थगन गरिएको छ ।’

बैठकमा पाथीभरा केबलकारको बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरूले आफ्ना धारणा राखेका थिए। उनले थपे, ‘अध्यादेशको विषयमा माननीय सदस्यहरूले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकास निर्माणका कुराहरू उठाउनुभएको छ । सम्बन्धित जिल्लाका माननीय सदस्यहरूले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनु भयो । गृहमन्त्रीले संसदीय मामिला मन्त्रालय अन्तर्गत पर्ने भएकोले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुङ्ग्याउन निर्देशन दिईएको  बैठकमा बताउनुभएको थियो । घिमिरेले भने

१८ माघ २०८१, शुक्रबार १३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा