Play

रुपन्देहीमा रविको थुनछेक बहस जारी

गुरुकुल खबर


बुटवल, सहकारीको रकम ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमाजारी छ  ।  अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

बहसमा जिल्ला सरकारी  वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल, सुनिल लामिछानेले बहस गरेका छन् ।

अहिले उच्च सरकारी वकिलको कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपानेले बहस गरिरहेका छन् । उनीहरूको बहस सकिएपछि पीडित तर्फबाट कानुनी व्यवसायीले बहस गर्नेछन् ।

त्यसपछि रविको पक्षका कानुन व्यवसायी  बहस गर्नेछन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा बहस सुरु भएको हो । यता रविको पक्षमा सुशील पन्तको नेतृत्वका बहस हुने बुझिएको छ ।

१० माघ २०८१, बिहीबार १५:४६ मा प्रकाशित
Nabintech