Play

कर्मचारी युनियन बाग्लुंगको अधिबेशन सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ समिति

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसमा आस्था राख्ने निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको बाग्लुंग शाखाको अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले देवप्रकाश घिमिरे अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियन बाग्लुंगको नवौं अधिबेशनबाट उपाध्यक्षमा खुलातर्फ बिनाराम डाँगी, समावेशी उपाध्यक्षमा बुद्दिराम गुरुङ र महिला उपाध्यक्षमा मञ्जु कार्की निर्वाचित भए ।

यसैगरी सचिवमा सुजन श्रेष्ठ, सहसचिव युवामा दीपेन्द्र केसी र कोषाध्यक्षमा पुरुषोत्तम गौतम, सदस्यहरुमा मनोज भुषाल, सुर्दशन कुसारी, घनश्याम ज्ञवाली, हरिकृष्ण शर्मा, बलराम अधिकारी र हरि पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक खेमप्रसाद आचार्यले बताए। कार्यसमितिका अन्य सदस्यहरुमा गीता रिजाल शर्मा, प्रेमकुमारी केसी, छत्रमणिलाल कर्ण, पृथ्वीबहादुर थापा, शिवबहादुर बस्नेत र रमाकान्त पौडेल निर्वाचित भए ।

अधिवेशनले प्रदेश महाधिवेसन प्रतिनिधिका लागि मोहनकुमार केसी, प्रकाश सुवेदी, जोगबहादुर घर्ती, लक्ष्मण पौडेल, माधवी शर्मा र नारायण पौडेललाई चयन गरेको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देव शर्मा आचार्य, टेकनारायण सुवेदी, दुर्गाप्रसाद शमा, आनन्दप्रसाद शर्मा, गीता सापकोटा र अम्बिका सापकोटा निर्विरोध चयन भएका छन ।

कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले कर्मचारीले राम्रो काम गर्दा लोकतन्त्र संस्थागत हुने बताइन् । उनले राजनीतिक दलले लोकतन्त्र, गणतन्त्र वा अन्य जे सुकै व्यवस्था ल्याएपनि कर्मचारीले कार्यान्वयन गर्ने भएकोले दक्ष र पेशागत रुपमा सक्रिय कर्मचारी चाहिएको बताइन् ।

कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटवालले कर्मचारी ऐन नआएर कर्मचारीहरुले समस्या भोगेको बताए । साथै उनले तत्काल ऐन ल्याउन सरकारको ध्यानकर्षण समेत गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी, दिलमाया पौवी, बागलुङ नगरपालिकाका प्रमुख तथा कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, बडिगाड गाउँपालकाकी अध्यक्ष तथा कांग्रेस सचिव गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख तथा कांग्रेस सचिव हरिहर शर्मा, महाधिवेसन प्रतिनिधि भीम श्रीष, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय महासचिव जनक रावल, उपमहासचिव गणेश भण्डारी र इन्दु शर्मा, सचिव जगत पाठक, प्रकाश भट्टराई, कुलप्रसाद भट्टराई लगाएतले आआफ्नो भनाई राखेका थिए ।

बाग्लुंगका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, आधिकारिक ट्रेड युनियन बागलुङका उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वाचन अधिकृत खेमप्रसाद आचार्य, निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मी, कर्णली प्रदेशका पूर्व अध्यक्ष दिलीपजंग शाही, गण्डकी प्रदेशका पूर्व अध्यक्ष शिव शर्मा अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका सचिव मनोज कार्की, नेपाल प्रेस युनियन बाग्लुंगका सचिव डम्बर बुढामगर लगायतले पनि कर्मचारीहरु नागरिकलाइ सेवा प्रवाहमा गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।

६ माघ २०८१, आईतवार १०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा