Play

बेलायत भ्रमणमा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङ, नेपाली समुदायद्वारा बिमानस्थलमा स्वागत

गुरुकुल खबर


लन्डन (बेलायत), नेपाली काँग्रेसको तर्फबाट गण्डकी प्रदेश सभाको सदस्य तथा प्रदेश सांसद सरस्वती गुरुङ बेलायतको भ्रमणका क्रममा लन्डन आइपुगेकी छन । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको वार्षिक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रममा सहभागी उनि बेलायत आएकी हुन् ।

बेलायतको लन्डन स्थित हिथ्रो बिमानस्थलमा सांसद गुरुंगको स्वागतमा सन्क्षिप्त स्वागत कार्यक्रम समेत गरिएको थियो त्यस अबसरमा संस्थाका कार्यबाहक अध्यक्ष राम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सांसद गुरुंगले आँफुलाई बेलायत भ्रमणको निम्तो दिने अनि विमानस्थलमा आएर स्वागत गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।

बेलायतको हिथ्रो विमानस्थलमा सांसद गुरुङलाई क्वोंने गुरुङ समाज यूकेका संस्थापक सल्लाहकार चित्रबहादुर गुरुङ, संस्थाका कार्यवाहक अध्यक्ष राम गुरुङ, महासचिव इन्द्र गुरुङ, वरिष्ठ सल्लाहकार हरिगोविन्द गुरुङ, निवर्तमान उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार गुरुङ, सदस्य देउबहादुर गुरुङ, तमु समाज यूके आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ, चेलीबेटी महासचिव ध्रुवा गुरुङ र शोभा गुरुङ लगाएतले स्वागत गरेका थिए ।

यसैगरी सोपाल समाजको संस्थापक अध्यक्ष विजय गुरुङ, माया गुरुङ, सोंपाल समाजको पूर्वअध्यक्षहरू श्रीप्रसाद गुरुङ र चन्द्र गुरुङ, समाजको आमा समूह अध्यक्ष मनदेवी गुरुङ,  समाजका अध्यक्ष जगदीश गुरुङ, कोल्मा बाहकोट समाजका अध्यक्ष चन्द्र गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, उपाध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष ग्याम गुरुङ, तर्कजङ गुरुङ, केशबहादुर गुरुङ, भोज गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेन, विन्दु गुरुङ, जयन्तीदेवी गुरुङलगायत पनि सांसद गुरुंगलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

सांसद गुरुङको उपस्थितिमा भेटघाट तथा भोज कार्यक्रम यहीं पुष ३ गते मंगलबार अर्थात १८ जनवरी २०२५ का दिन आयोजना गरिएको छ ।सांसद गुरुङ  यस अगाडी गण्डकी प्रदेशबाट अमेरिकाको इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम (आईभीएलपी) मा समेत सहभागी भएकी थिइन ।

२ माघ २०८१, बुधबार १३:४० मा प्रकाशित
Nabintech