पोखरा, त्रिभुवन विश्वविद्यालयले विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेकोमा पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसको प्रमुख पदमा प्रा.डा. हरी प्रसाद पाठकलाई नियुक्त गरेको छ।
आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुखहरुको नियुक्ति गरेको हो।
पोखराको पृथ्वीनारायण क्याम्पसको प्रमुखमा नियुक्त पाठकले लामो समयदेखि पोखराका विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै आएका छन।
उनि पोखरा महानगरपालिका -५ मा बस्दै आएका छन।
क्याम्पस प्रमुखका लागि छनोट समिति मार्फत खुला आवेदन आह्वान गरेको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए। विभिन्न क्याम्पसमा नियुक्त क्याम्पस प्रमुखहरुको नामावली यस प्रकार रहेको छ ।
२९ पुष २०८१, सोमबार १९:०६ मा प्रकाशित