पोखरा, स्यांग्जाको पुतलीबजार नगरपालिका -१२ सिम्लेमा क्होईबो धीं एवम् देउराली आमा समुहको थप भवनको निर्माण पुरा भएको छ। तेईस लाख रुपैयाको लागतमा निर्मित उक्त क्होईबो धीं (भवन) को स्थानीय समाजसेवी एबम जेष्ठ नागरिक लोकबहादुर गुरुङले हालै उद्घाटन गरेका थिए ।
भवन निर्माणको लागि उक्त स्थानबाट बसाईसराई गरि पोखरा, बुटवल, काठमाण्डौ पुगेकाहरु एब छिमेकी गाउँहरु चन्द्रकोट, धिम्रीगॅाउ, तुल्सीचौर, गुमार्दी, फेरा, टामा, गैरीस्वारामा रहेका स्थानीय बासिन्दाहरुले समेत आर्थिक सहयोग उपलब्ध गराएका थिए।
यसका साथै बेलायतमा बसोबास गर्नेहरुको तर्फबाट पनि आर्थिक सहयोग उपलब्ध भएको स्थानीय शिक्षक अमृता गुरुंगले गुरुकुल खबरलाई जानकारी दिईन।
सिम्लेबाट विभिन्न स्थानमा गएर विभिन्न पेशा र ब्यबसाय गरिरहेका कृष्णबहादुर तमु, मनबहादुर तमु, युबराज तमु, क्या. दुर्गाबहादुर तमु,खड्कबहादुर तमु, र हस्तबहादुर तमुले निर्माण कार्यको लागि एक लाख भन्दा बढी सहयोग गरेका थिए भने अन्यबाट पनि आर्थिक सहयोग प्राप्त भएको थियो।
पुरानो पेल्काचौर गाबिसमा पर्ने सिम्लेमा उक्त क्होईबो धीं एवम् देउराली आमा समुहको थप भवनको निर्माण गरिएको हो। निर्माण कार्य सम्पन्न गर्न क्याप्टेन दुर्गाबहादुर गुरुङ अध्यक्ष, बोलकुमारी गुरुङ उपाध्यक्ष, कृष्णप्रसाद गुरुङ सचिब, नबिन कुमार गुरुङ कोषाध्यक्ष, धनमाया गुरुङ सह कोषाध्यक्ष, र बिमला गुरुङ सहसचिब रहेको उपभोक्ता समिति गठन गरिएको थियो ।
उपभोक्ता समितिमा सुर्यबहादुर गुरुङ, पुर्खाबहादुर गुरुङ,तुलप्रसाद गुरुङ, आइमाया गुरुङ, टीना गुरुङ, रामप्रसाद गुरुङ, लोकमाया गुरुङ, मनसुब्बा गुरुङ, गो[पिमाया गुरुङ, स्थानीय युवा क्लबका अध्यक्ष पदम गुरुङ, चेत प्रसाद गुरुङ, टेकराज गुरुङ, हस्तबहादुर गुरुङ र निरमाया गुरुङ सदस्यको रुपमा रहेका थिए।
यसैगरी उपभोक्ता समितिको सल्लाहकारहरुमा ठोक बहादुर गुरुङ,प्रेमनारायण गुरुङ, कृष्ण बहादुर गुरुङ र पोलाल गुरुङ रहेको बताइएको छ ।
भवनको उद्घाटन समारोहमा निर्माण समितिका सल्लाहकार कृष्ण बहादुर गुरुङ र पोलाल गुरुङ, शान्ति समाज रामघाटका अध्यक्ष पितम बहादुर गुरुङ, पोखरा महानगरपालिका -२ का वडासदस्य भिमकुमारी आले ‘पवित्रा’ र नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ कास्कीकी सचिब एबम गुरुकुल खबरका सम्पादक रिता गुरुङ लगाएतले आफ्नो जातीय एबम परम्परागत संस्कृति जोगाउन सबैको सहयोग आबश्यक रहने कुरामा जोड दिएका थिए।