पोखरा, नेपाली काँग्रेस निकट यातायात ब्यबसायीहरुको संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्बिरोध रुपमा निर्बाचित समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् ।
त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् ।
निर्वाचन समितिको संयोजकमा प्रेमप्रसाद पौडेल तथा सदस्यहरुमा जयप्रसाद शर्मा र अरुण गिरी रहेका थिए ।
नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति गठन गर्ने प्रक्रिया अगाडी बढाएपछि कास्कीको अधिबेशन गरिएको हो ।
संघले गण्डकी प्रदेशका सवै जिल्लाको अधिबेशन माघ महिना सम्ममा गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा गणेशले जानकारी दिए ।