इटहरी, नेपाल जेसीजको इटहरीमा सम्पन्न महाधिबेशनबाट जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्। सोमबार बेलुकी भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहान आएकोमा अध्यक्ष पदमा रजनी थापा बिजयी भएकी हुन ।
अध्यक्षमा बिजयी थापाले ७ सय ६२ मत प्राप्त गरेकी थिइन भने उनका निकटतम प्रतिद्वन्दी जीवन कार्कीले ४ सय ५३ मत मात्र गरे । थापा मनोहरा जेसीजकी संस्थापक अध्यक्ष समेत हुन उनले यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन्।
थापाले ३ सय ९ मतको अन्तरले कार्कीलाई पराजित गरि नेपाल जेसिजमा २५ बर्षपछि जेसीजले वर्ष २०२५ का लागि महिला नेतृत्व पुनस्थापित गर्न सफल भएकी छन । नेपाल जेसीजले यसअघि तीन जना महिला राष्ट्रिय अध्यक्ष पाइसकेको छ । यस अगाडिको महाधिबेशनमा झिनो मतले अध्यक्षमा पराजित थापाले जेसीजका उम्मेदवारले कहिल्यै पनि नहार्ने, कि जित्ने, कि सिक्ने बताउंदै आएकी थिइन
२०११ मा जेसीजको साधारण सदस्यको रूपमा जेसीज प्रवेश गरेकी उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोशन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्ष भइन् । उनी सन् २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, सन् २०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेी छन् ।
विद्यार्थी जीवनदेखी नै राजनीतिमा समेत सक्रिय रहेकी उनी नेपाल विद्यार्थी संघको सिटिईभिटी इकाइको केन्द्रिय उपाध्यक्ष, नेपाली काँग्रेस टोखा नगर सदस्य, नगर सचिव हुँदै टोखा नगर सभापति समेत बनेर काम गरिन । उनी अहिले काठमाडौँ क्षेत्र नं. ५ को कांग्रेसको सचिव रहेकी छन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा मेयरकी उम्मेदवार रहेकी थापा झिनो मतान्तरले मात्रै पराजित भएकी थिइन् । ‘मानवताको सेवालाई अक्षुण राख्दै आफ्नो सिंगो जीवन जेसीजमा सकारात्मक परिवर्तनको लागि समर्पित गर्ने उदेश्यले म चुनावी अभियानमा होमिएकी हुँ,’ उनले भनिन् ।
नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
जेसीजको कार्यकाल एक वर्षको हुनेछ । जेसीजले एक वर्ष, एक व्यक्ति र एक पदको अवधारणालाई आत्मसात गर्दछ ।
निर्वाचितहरूको मत कसको कति ?
अध्यक्ष
रजनी थापा – ७६२ मत (विजयी)
जीवन कार्की– ४५३ मत
कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा – ७८५ मत (विजयी)
एलिना महर्जन – ७३४ (विजयी)
कृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयी)
उपाध्यक्ष
सन्दिप खत्री – १०६८ (विजयी)
दिपक अधिकारी – १०६२ (विजयी)
धनराज कँडेल – १०३४ (विजयी)
सुजन थापा काजी – १०२३ (विजयी)
संगम कार्की – ९५८ (विजयी)
बबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)
सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्जवल काबरा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मनिप्रसाद अर्याल – ७८३ (विजयी)