Play

मितेरी टोलमा सिताराम स्मृती पार्क बन्ने, केसी परिवारद्वारा साढे दुई रोपनी जग्गा प्रदान

गुरुकुल खबर


पोखरा, पोखराका राजनीतिक, सामाजिक तथा ब्यबसायिक व्यक्तित्व सुर्यबहादुर (सिताराम) केसीको स्मृतिमा पोखरा महानगरपालिका – १५,  मितेरी टोलमा पार्क बन्ने भएको छ । मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने गरि निर्माण गरिने पार्क र सोहि स्थानमा निर्माण सम्पन्न गरिएको बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ ।

स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलनको लागी मितेरी टोल विकास संस्थालाई हस्तान्तरण गरेकी थिइन। सोहि अबसरमा उनले पार्कको शिलान्यास समेत गरिन । उक्त स्थानलाई सिताराम चोक, सिताराम मार्गको नामाकरण समेत गरिएको छ ।

शिलान्यास मारोहमा बोल्दै स्व.केसीका छोरा एबम युवा उधमी किरण केसीले समाज सेवामा बुवाको विशेष चासो रहेकाले उहाँको सपना साकार पार्न परिवारले जग्गा उपलब्ध गराएको बताए । ‘उहाँ उच्च सम्मान गर्नुपर्ने व्यक्ति हुनुहुन्थ्यो, समाज रुपान्तरणमा केहि गर्नुपर्छ भन्ने सोंच राख्नुहुन्थ्यो, उहाँको त्यहि विचारलाई सम्मान गरेका हौं–केसीले भने ।

बुवाको पदचापलाई पछ्याउँदै खेलकुद, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतमा परिवारले सहयोग गर्दै आएको समेत उनले जानकारी गराए।

सामुदायिक भवन निर्माण समितिका अध्यक्ष प्रा.डा.नारायण प्रसाद अधिकारीले केसी परिवारको सहयोगप्रति आभार प्रकट गरे ।

पोखरा –  १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले स्व.केसीले समाज सेवामा पुर्याएको योगदानको चर्चा गर्दै केसी परिवारले पार्क निर्माण सहि बहुउद्धेश्यिय भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको भन्दै खुशी प्रकट गरे ।

त्यसैगरि समारोहका प्रमुख अतिथि प्रेमकुमारी केसी, विशेष अतिथि किरण केसी, श्रीमति बन्दना कार्की केसी, नेपाल भारत मैत्री सम्बन्ध विज्ञ नविता श्रीकान्त लगायतले मितेरी टोलका गतिविधी समेटेर तयार पारेको पुस्तक ‘मितेरी गतिविधी’ को विमोचन समेत गरेका थिए।

संस्थाका अध्यक्ष मनमाया गुरुङ्गको अध्यक्षतामा भएको समारोहमा भवन निर्माण कार्यमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कार्य गरे वापत कोषाध्यक्ष याम प्रसाद गुरुङ्गलाई विशेष सम्मान प्रदान गरियो ।

सोही समारोहमा पोमनपा कार्यपालिका सदस्य तथा वडा १५ का सदस्य मन्दिर परियार, समितिका सचिव हरीप्रसाद सापकोटा, प्रतिभा टोल विकास संस्था शुभकामना लिला बहादुर थापा, समाजसेवी गंगाबहादुर खड्का, वडा १५ का सदस्य बलराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोहि भेलाको अबसरमा मोतीलाल पोखरेलको अध्यक्षतामा मितेरी टोल विकास संस्थाको १३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ भने यशोदा खड्काको अध्यक्षतामा ११ सदस्यिय मितेरी आमा समुह र कृष्ण गुरुङ्ग (गोर्खे) को अध्यक्षतामा ९ सदस्यिय मितेरी स्पोर्टस क्लव  पनि गठन गरिएको छ ।

नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक प्रा.डा.नारायण प्रसाद अधिकारीले सपथ ग्रहण गराएका थिए । समारोहमा हार्वड एकेडेकीका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

७ पुष २०८१, आईतवार १७:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा