Play

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ कार्यसमिति, अध्यक्षमा बानिया

गुरुकुल खबर


 पोखरा, कास्की जिल्ला बाट विभिन्न कामको शिलशिलामा विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेका हरुको संस्था कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न महाधिबेशबाट शिब बानिया अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ।

बनिया अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन । बानियाले यस अगाडी समितिको उपाध्यक्ष रहेर काम गरेका थिए। समितिको कार्यकाल आगामी दुई वर्ष रहने ब्यबस्था विधानमा गरीएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा स्पेनमा बस्दै आएका बिशाल ढुंगाना, उपाध्य्क्षहरुमा दक्षिण कोरिया बस्ने डा. प्रदिप अधिकारी, नेपाल बस्ने सन्तोष तिमिल्सिना र युनाइटेड अरब इमिरेट्स बस्ने बिकास शाही रहेका छन।

समितिको महिला उपाध्यक्षमा मकाउ बस्ने शान्तिदेबी अधिकारी र महासचिबमा युएई बस्ने केदार कुँवर, उप महासचिबमा बेल्जियम बस्ने इन्द्रकमल राजभाट र दुई सचिबमा स्पेन बस्ने मोहन राज गौतम र दक्षिण कोरिया बस्ने राजेश सुबेदीलाइ चयन गरिएको संस्थाका पूर्व अध्यक्ष पूर्ण तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिएका छन।

यसै गरि समितिको कोषाध्यक्षमा नेपाल बस्ने बिकास अधिकारी, सह कोषाध्यक्षमा अमेरिका बस्ने दीपक थापा,  महिला संयोजकमा बेल्जियम बस्ने कान्ति अधिकारी, महिला उप संयोजकमा पोर्चुगल बस्ने बिन्दु गौतम, मध्यपूर्व संयोजकमा कतार बस्ने नबिन पौडेल, पुर्बी एशिया संयोजकमा जापान बस्ने विश्व सुबेदी, युरोप संयोजकमा बेल्जियम बस्ने राजेन्द्र गौतम, अमेरिका संयोजकमा सुर्यमोहन तिवारी, र केन्द्रीय सदस्यमा दक्षिण कोरिया बस्ने पुष्पराज भण्डारी रहेको छन।

समितिमा चयन गरिएकाहरु मध्ये अध्यक्ष बानिया, बरिष्ठ उपाध्यक्ष ढुंगाना, तीनजना उपाध्यक्षहरु अधिकारी, तिमिल्सिना र शाही तथा उपमहासचिब राजभाट मतदान प्रक्रियाबाट बिजयी भएको भएपनि अन्य पदमा भने सर्बसम्मत भएको थियो।

यसैबीच कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका नबनिर्बाचित अध्यक्ष शिब बानियाले गुरुकुल खबरसंग कुरा गर्दै संस्थाले कास्की जिल्ला बाट विभिन्न मुलुकमा पुगेका कास्की जिल्लाका नागरिकहरुको पहिचान गर्ने र उनीहरुलाई कुनै समस्या परेमा सहयोग गर्ने काम  गर्दै आएको जानकारी दिए ।

बानियाका अनुसार कास्की आदर्श समाज करिब २० मुलुकमा सम्बन्धित मुलुकको नियम कानुन अनुसार दर्ता भएर सम्बन्धित देशमा विभिन्न काम गर्दै आएको छ।

नेपालको कास्की जिल्ला प्रशासन कार्यालयमा समेत संस्था दर्ता गरि कास्की जिल्ला भित्र शिक्षा, स्वास्थ्य, दैबी बिपत्ति जस्ता क्षेत्र लगायत असहाय र अशक्तहरुको लागि समेत विभिन्न सहयोग गर्ने काम गर्दै आएको संस्थाका प्रबक्ता सन्तोष तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए।

समाजको अन्तराष्ट्रिय समन्वय परिषदको कार्यकाल तिन बर्षको रहने ब्यबस्थालाई परिमार्जन गरि अब समितिको कार्यकाल दुई वर्ष मात्र कायम गरिएको छ। यस अगाडी संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिना रहेको थिए ।र त्यस पछिको कार्यकालमा गोबिन्द पौडेल अध्यक्ष रहेका थिए भने पछिल्लो कार्यकालमा सिता बराल (डेनमार्क) ले अध्यक्ष भएर काम गरेकी थिइन्। केहि दिन अगाडी मात्र सम्पन्न महाधिबेशन बाट पोखराको सरान्गकोटबाट घर भई हाल अमेरिका बस्ने शिब बानिया अध्यक्ष निर्बाचित भएका हुन् ।

 

३ पुष २०८१, बुधबार १०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा