Play

पोखरा–२३ बाम्दिमा महिला भलिबल प्रतियोगिता, बिजेतालाई रु. एक लाख नगद पुरस्कार दिईने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडानम्बर २३ बाम्दिमा “पर्यटन प्रवर्द्दनमा खेलकुद” भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ ।

चापाकोट पर्यटन प्रवर्द्दन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन।

त्यस अबसरमा बोल्दै मेयर आचार्यले पर्यटन समितिले विगत वर्ष देखिनै कार्यक्रम आयोजना गरेर यस क्षेत्रको प्रचार प्रसारमा काम गरेको भन्दै फेवाको उत्तर तर्फको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

समितिका अध्यक्ष भीम पराजुलीले महिला भलिबलको प्रवर्द्दन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले वडा नम्बर २३ को बाम्दीमा प्याराफिट सहितको मैदान बनाउने उदेश्य रहेको बताए । सास्कृतिक कार्यक्रमको रुपमा विगत पाँच वर्ष देखि आयोजना हुदैँ आए पनि अहिलेबाट महिला भलिवल प्रतियोगिता पनि समावेस गरिएको पराजुलीले बताए ।

समितिका सचिव धनश्याम पराजुलीले महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम तीन दिनसम्म संचालन हुने जानकारी दिए ।

महिला भलिबलमा निर्माया दोहोरी र एलिट भलिबलको विजयी सुरुवात

चापाकोट पर्यटन प्रवर्द्दन समिति पोखरा–२३ को आयोजनामा बामदीमा सुरु भएको महिला भलिबल अन्तर्गत पहिलो दिन दुइवटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा निरमाया दोहोरी साँझ पोखराले विजयी सुरुवात गरेको छ ।निरमायाले राइट फर चिल्डेन पोखरालाई ३–० को सेटमा पराजीत गरेको थियो।

यस्तै दोस्रो खेलमा एलिट भलिबल एकेडेमी नदिपुर पोखराले टिम पोखरालाई ३–० को सोझो सेटमा पराजीत गर्यो ।
तेस्रो खेल गुरुकुल विद्या सदन नदिपपुर पोखरा र हरिनास गाउँपालिका स्याङ्जा वडा नम्बर- ५ बिच हुने कार्यक्रम रहेको भएपनि समय अभावका कारण स्थगित भएको थियो ।

दुवै टिमले १/१ सेट जितेको अवस्थामा समय अभाव भएकाले स्थगित गरिएको प्रतियोगिताका प्राविधिक संयोजक पूर्णबहादुर (जापान) गुरुङले जानकारी दिए ।

नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाली महिला भलिबल टिमका सिनीयर खेलाडी वा आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका बढिमा दुईजना खेलाडी टिममा सहभागि गराउन पाइने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने द्धितिय हुने टिमले नगद ५० हजार ट्रफि र मेडल प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलमा पुग्ने टिमले १५ हजारका दरले पुरस्कार पाउने अध्यक्ष पराजुलीले जानकारी दिए।

३० मंसिर २०८१, आईतवार १७:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा