Play

पत्रकार महासंघको केन्द्रीय समितिको लागि उमेद्वारी दर्ता, युनियन र चौतारीकै उमेदवारलाई चुनौती

गुरुकुल खबर


काठमाडौं, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्बाचनको लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । मङ्सिर २८ गते हुने मतदान कार्यक्रम अन्तर्गत ५२ सदस्यीय केन्द्रीय समितिका लागि उम्मेदवारी दर्ता भएको हो । जसअनुसार अध्यक्ष पदमा लालसिंह (एल.एस. लामा), देवीप्रसाद सापकोटा, कमल गिरी, रमेश विष्ट र निर्मला शर्मा गरी पाँच जनाको उम्मेदवारी परेको छ ।

यस पटक नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र  नेकपा एमाले निकट प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवारबनेको भएपनि प्रेस युनियनको सदस्य समेत रहेका यस अगाडिका पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले समेत अध्यक्ष पदमा उमेद्वारी दिएको छन।

यस्तै प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् । मंसिर २८ गतेका लागि तोकिएको निर्वाचनका लागि महासंघको केन्द्रीय कार्यालयमा मनोनयन दर्ता गरिएको हो।

महासंघको वरिष्ठ उपाध्यक्षमा दामोदर प्रसाद दवाडी, गोविन्द प्रसाद चौलागाईं, रोशन पुरी र दीपक आचार्यको उम्मेदवारी परेको छ । यस्तै महासचिव पदमा जन्मदेव जैसी, लेखनाथ न्यौपाने, प्रकाश थापा र रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

सचिव खुलामा उत्तरसिंह विष्ट, कुमार ओझा, रमेश खतिवडा, बालकृष्ण अधिकारी, छविलाल दाहाल, माधव दुलाल र केदारनाथ भट्टराईको उम्मेदवारी परेको छ । यस्तै सचिव महिलामा सोनी शर्मा र कल्पना शर्माको उम्मेदवारी परेको छ।

नेपाल प्रेस युनियनकै तर्फबाट विभिन्न पदमा अन्य सक्रिय पत्रकारहरुले पनि उम्मेदवारी दिएपछि गठबन्धनमा भाँडभैलो मच्चिएको छ । युनियनकै नेता दामोदर प्रसाद दवाडी वरिष्ठ उपाध्यक्ष , महासचिवमा प्रकाश थापा, खुला सचिवमा बालकृष्ण अधिकारी, महिला सचिवमा कल्पना शर्मालगायत सक्रियता, निरन्तरता र क्रियाशीलता भएका पत्रकारहरुले उम्मेदवारी दिएपछि युनियनका अध्यक्ष शिव लम्सालसँग पार्टी नेतृत्वसमेत आक्रोशित भएको छ ।

उमेदवारी दिने पत्रकारहरुको नामावली यस प्रकार रहेको छ।

२१ मंसिर २०८१, शुक्रबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा