Play

पराजुली समाजको गण्डकी प्रदेश अधिबेशन सम्पन्न, अध्यक्षमा नवलपुरका श्यामसुन्दर

देवघाटमा पराजुली समाजको केन्द्रीय कार्यालय निर्माण गर्ने सहित रचनात्मक गतिबिधि गर्न केन्द्रीय समितिलाई सुझाव


गुरुकुल खबर


नवलपुर, देशभर विभिन्न जिल्लामा बसोबास गर्ने पराजुली थरका बन्धुहरुको साझा संस्था पराजुली समाज नेपालको गण्डकी प्रदेशको प्रथम अधिबेशन नवलपुरको गैंडाकोटमा शनिबार सम्पन्न भयो। गण्डकी प्रदेशका विभिन्न जिल्लाका पराजुली बन्धुहरुको अधिबेशनमा सहभागिता रहेको थियो।

उक्त अधिबेशनले नवलपुर जिल्लाका श्यामसुन्दर पराजुली अध्यक्ष रहेको नयाँ गण्डकी प्रदेश समिति सर्बसम्मत रुपमा चयन गरेको छ।  उनि शिक्षण पेशाबाट सेवा निवृत्त भई विभिन्न सामाजिक गतिविधिमा सक्रिय छन।

अधिबेशनले पराजुली समाज गण्डकी प्रदेशको बरिष्ठ उपाध्यक्षमा कास्कीका गंगाधर पराजुलीलाई चयन गरेको छ उनि लामो समय पत्रकारिता र पछिल्लो समय राजनीतिमा क्रियाशील रहेका छन।

समितिको उपाध्यक्षमा पर्बत जिल्लाकी राधिका पराजुली, महासचिबमा पर्बत जिल्लाकै कृष्ण प्रसाद शर्मा, सचिबमा तनहुँका कविराज पराजुली, कोषाध्यक्षमा नवलपुरका घनश्याम पराजुली, सह कोषाध्यक्षमा कास्की पोखराका पुष्पराज पराजुली र सह सचिबमा गोरखाका अमृत प्रसाद पराजुलीलाई सर्बसम्मत चयन गरेको छ।

यसैगरि समितिको सदस्यहरुमा कास्कीका दिपक पराजुली, म्याग्दीका महेश पराजुली, नवलपुरका बिदुर पराजुली, गोर्खाका बालकृष्ण पराजुली, लम्जुंगका तीर्थराज पराजुली र लम्जुंगकै संगीता पराजुलीलाई चयन गरिएको छ प्रदेश समिति २१ सदस्यीय रहने र बाँकी पदमा मनोनयन गरिने जानकारी नबनिर्बाचित अध्यक्ष श्याम सुन्दर पराजुलीले गुरुकुल खबरलाई दिएका छन्।

अधिबेशनको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले पराजुलीहरु राजनीतिक, सामाजिक, न्याय, निजामती, ब्यबसायिक लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण जिम्मेवारीमा पुगेको भएपनि एकआपसमा अपनत्व कायम हुन नसकेको कुराको चर्चा गर्दै पराजुली समाजले पराजुली बन्धुहरु बिचमा आत्मियता र भाइचाराको सम्बन्ध कायम गर्ने, आपसी सहयोग आदानप्रदान गर्ने र कुनै एक पराजुलीको सुख दुखमा अरु पनि सहभागी हुन सक्ने किसिमको बाताबरण तयार गर्न पराजुली समाजले भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका थिए ।

पराजुली समाजले केहि बर्ष अगाडी देवघाट धाममा महायज्ञ लगाएर संकलन गरेको रकमबाट सोहि स्थानमा एक रोपनी जग्गा खरिद गरेको कारण पराजुली समाजको केन्द्रीय कार्यालय भवन देबघाटमा निर्माण गर्नुपर्ने कुरामा समेत बक्ताहरुले जोड दिएका थिए।

अधिबेशनको उद्घाटन गर्दै पराजुली समाजका केन्द्रीय उपाध्यक्ष दिवस पराजुलीले बिगतमा समाजले रचनात्मक काम गरेको भएपनि पछिल्लो समय समाज केहि सुस्ताएकोमा अब समाजले विभिन्न गतिबिधि गर्दै देशभरका पराजुलीहरुलाई संगठित र एकताबद्द बनाउन प्रयास गर्ने बताए।

पराजुली समाजका केन्द्रीय सचिब द्रोण पराजुलीले देशभरका पराजुलीहरुको तथ्याँक एकिन गर्ने, समिति अन्तर्गत विभिन्न बिभाघरुलाई पूर्णता दिने, केन्द्रीय कार्यालय भवन निर्माण गर्ने र बिभिन्न सामाजिक संजालको माध्यमबाट पनि देशभरका  पराजुलीहरुलाई जोड्नको लागि आबश्यक काम भैरहेको जानकारी दिए।

कार्यक्रममा बोल्दै पराजुली समाजका पूर्व केन्द्रीय सचिब जीवनाथ पराजुलीले देबघाटमा पराजुली समाजले गरेको महायज्ञबाट संकलित रकमबाट एक रोपनी जग्गा खरिद गरिएको र हाल त्यसको बजार मूल्य करिब १ करोड रहेको जानकारी दिंदै सोहि स्थानमा केन्द्रीय कार्यालय सहितको संरचना निर्माण गर्न केन्द्रीय समितिलाई आग्रह गरे।

पराजुली समाज कास्कीका अध्यक्ष शुसिलराज पराजुलीले पराजुली बन्धुहरुको बाहुल्यता रहेको कास्की जिल्ला सहित गण्डकी प्रदेश अन्तर्गत समाजले रचनात्मक काम गरेको र आगामी दिनमा थप काम गर्न केन्द्रीय समितिले समाजका प्रदेश र जिल्लाका समितिलाई परिचालन हुने नीति ल्याउनुपर्नेमा जोड दिए।

नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एबम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले विभिन्न क्षेत्रमा पराजुलीहरुले महत्वपुर्ण जिम्मेवारी निर्बाह गरेको भएपनि पराजुली समाजले उनीहरुलाई समाजमा जोड्न सक्नुपर्ने बताए।  उनले पोखरामा पराजुलीहरुले पृथ्वीनारायण क्याम्पस र आइएनएफको अस्पताल निर्माण गर्ने लगायतका कामको लागि जग्गा दान गरेको बताउंदै देशभरका पराजुलीहरुको तथ्यांक सहित उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको योगदानलाई सम्झिने गरि समाजले काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पराजुली समाजका केन्द्रीय सदस्य राजन पराजुली, केन्द्रीय सदस्य खुशी पराजुली, समाजका पूर्व महासचिब समेत रहेका अधिबेशन तयारी समितिका संयोजक कृष्ण प्रसाद पराजुली, पराजुली समाज नवलपुर जिल्ला समितिका अध्यक्ष एबम तयारी समितिका सहसंयोजक दिपक पराजुली, केन्द्रीय सदस्य टिकाराम पराजुली, समाजका पूर्व केन्द्रीय सदस्य सदस्य तिलक पराजुली र श्याम सुन्दर पराजुली लगायतका बक्ताले पराजुली समाजले गर्नुपर्ने काम र हालको अबस्थाको बारेमा चर्चा गरेका थिए ।

१६ मंसिर २०८१, आईतवार १४:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा