पोखरा, पोखरामा रहेका महिलाहरु संलग्न संस्था पोखरा लेडी जेसिजको ३१ औं शाखा अधिबेशन तथा ३६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिबेशनले आगामी बर्ष २०२५ को लागि अनिता खड्का अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ।
समितिको कार्यकारिणी उपाध्यक्षमा नन्दकुमारी ढुंगाना तथा उपाध्यक्षहरुमा इन्दिरा तिमिल्सिना, गीता सुबेदी, बिनिता के सी, सरिता भुजेल रहेका छन।
यसैगरि समितिको निर्देशकहरुमा मेलिना गुरुङ, यशोदा कुँवर, दिपा न्यौपाने, ममता गर्वुजा र कानुनी सल्लाहकारमा प्रमिला सुबेदी रहेको जानकारी लेडी जेसिजका पूर्व अध्यक्ष लता थापाले गुरुकुल खबरलाई दिईन।
नयाँ समितिको सचिवमा करुणा पाण्डे, कोषाध्यक्षमा सुनिता गौतम भण्डारी, सहसचिवमा सिर्जना आले (ईशा) लगायत रहेको छन।
१२ मंसिर २०८१, बुधबार १६:२३ मा प्रकाशित