Play

ओली बिरुद्ध दुष्प्रचार गरेको भन्दै पक्राउ परेका मेडिकल ब्यबसायी प्रसाईं अस्पतालमा

गुरुकुल खबर


पोखरा, अभियन्ताको रुपमा परिचित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।  मंगलबार दिउँसो भक्तपुरस्थित उनको निवासबाट पक्राउ परेका प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ल्याइएसँगै स्वास्थ्य परीक्षणका लागि भन्दै अस्पताल लगिएको हो ।

सिआइबिका प्रवक्ता होबिन्द्र बोगटीले प्रसाईंलाई साइबर अपराध गरेको अभियोगमा पक्राउ गरिएको बताए । प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा अरबौंको लगानी रहेको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेका थिए ।

सोमबार प्रसाईंले प्रधानमन्त्री ओली बिरुद्ध प्रचारमा ल्याएको सामग्रीलाई ‘फेक डकुमेन्ट’ मानिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटी  ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको संचारमाध्यमलाई जानकारी दिएका छन ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । उनि यस अगाडी पनि साइबर अपराधको मुद्दामा पक्राउ परेर केहि दिन हिरासत बसेका थिए ।

४ मंसिर २०८१, मंगलवार १९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा