Play

राप्रपा नेपालको ‘तराई मधेस सम्मेलन’ कार्तिक २६ र २७ बिरगंजमा हुने 

गुरुकुल खबर


काठमाडौं, राप्रपा नेपालको तराई मधेस सम्मेलन आगामी कार्तिक २६ र २७ गते पर्साको बिरगंजमा हुने भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनमा तराई मधेस क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरुको सहभागिता रहने जानकारी पार्टीका केन्द्रीय उपाध्यक्ष राजिब पराजुलीले दिए

सम्मेलनमा तराई मधेसको आर्थिक ,सामाजिक ,सांस्कृतिक र राजनीतिमा केन्द्रित रहि महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले बताए ।

सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ कार्यक्रमको लागि आबश्यक सम्पुर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए ।

उपाध्यक्ष पराजुलीका अनुसार पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झाले मधेसको बिकास र समृद्धिमा देखिएको सम्भावना र चुनौतीका बारेमा कार्यपत्र पेश गर्नेछन् ।

एजेन्डाको दृष्टिकोणबाट तराई मधेस क्षेत्रलाई राप्रपा नेपालले आफ्नो उर्बर भुमी मानेर विशेष  महत्व दिदै आईरहेको छ ।

२३ कार्तिक २०८१, शुक्रबार १७:५२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा