Play

जनअपेक्षा अनुरुप सरकार नचले कांग्रेस मुकदर्शक बनेर बस्नुहुन्न – कांग्रेस नेता महर

गुरुकुल खबर


डडेल्धुरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम युवा नेता नैनसिंह महरले नागरिकमा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षा अनुसार चल्नुपर्ने कुरामा जोड दिएका छन।

नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता महरले सरकारको सय दिनको हनिमुन अबधिको समिक्षा गर्दा सरकारले खासै सफलता प्राप्त गर्न सकेको महशुस नभएको बताए । यस्तो अबस्थामा संसदको सबभन्दा ठुलो पार्टी काँग्रेसले मुखदर्शक भएर बस्न नहुने उनले बताए।

सरकारका सफलता र असफलता संग मुख्य रुपमा काँग्रेसको प्रतिष्ठा जोडिएकोले काँग्रेसले संचालन गरेको देशब्यापी अभियानमा सरकारको कार्प्रयशैली प्रति जनताले गरेको मुल्यांकन सहित समिक्षा हुने उनले बताए।  त्यस पछाडी पनि सरकार जनअपेक्षा अनुसार चल्न सकेन भने कांग्रेसले नया कदम चाल्नुपर्नेमा महरले जोड दिए।

नेपाली काँग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य महरले एक फरक प्रसङ्गमा संविधानमा लेखिए बमोजिम निशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मङ्सिरको  पहिलो हप्ताबाट काँग्रेसले बिशेष अभियान  शुरु गर्ने जानकारी दिए ।

२३ कार्तिक २०८१, शुक्रबार १७:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा