Play

मणिपाल अस्पताल र लायन्स इन्टरनेसनल ३२५ जे बीच सहमति

गुरुकुल खबर


पोखरा, पोखरामा रहेको निजि क्षेत्रको ठुलो अस्पताल नेपाल मणिपाल शिक्षण अस्पताल र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे का बीच  ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा सम्बन्धि नया योजनामा सहमति भएको छ । मणिपाल अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’ मा अस्पताल र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे बिच सहमति भएको अस्पतालले जनाएको छ ।

सहमतिपत्रमा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे को तर्फबाट डिष्ट्रिक्ट गभर्नर मिलन थापाले हस्ताक्षर गरेका छन ।

हस्ताक्षर समारोहमा अस्पतालका कर्मचारी एवम् लायन्स क्लबका विभिन्न ओहोदामा कार्यरत पदाधिकारीको उपस्थिति रहेको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक चिफ हेल्थ गोविन्द गौतमले जानकारी दिए । मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परीक्षण योजनाहरु समेत ल्याएको छ ।

२१ कार्तिक २०८१, बुधबार १५:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा