Play

पोखराको सराङकोटमा सामुहीक आलु खेती गरिंदै

गुरुकुल खबर


पोखरा, भावना सामुदायिक कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सामुहिक आलु खेती सुरु गरेको छ । स्थापनाकाल देखि सहकारीले कृषि आर्यआजन मुलक कार्यहरु सामुहिक धान, गहु, केराउ, अदुवा, बेसार, सहित मौरी पालन व्यवसाय लाई प्रोत्साहन गर्दै आएको संस्थाका प्रवन्धक दिपक थापाले बताए ।

कृषि ज्ञान केन्द्रको सहयोगमा कृषि उपकरण वितरण र आलुको बिउ वितरणको शुभारम्भ गदै पोखरा महानगरपालिका वार्ड नं १८ का अध्यक्ष शिव प्रसाद तिमिल्सीनाले कृषि उत्पादन लाई भण्डारण सहित बजार ब्यवस्थापनको लागी महानगरले दुई स्थानमा चिस्यान केन्द्र संचालन गरेको बताए ।

उत्पादन भएको तरकारी फलफुललाई कृषकबाट सोझै खरिद गरि कृषि एम्वुलेन्स मार्फत उचित मुल्यमा बिक्री ब्यवस्थापन गर्न वार्डले सहयोग गर्न तिमिल्सीनाले बताए ।

कृषि ज्ञान केन्द्रका अधिकृत रामकृष्ण अर्यालले उत्पादन मुखी कार्यका लागी केन्द्रले ८० प्रतिशत सम्म अनुदान दिदै आएको बताए ।

कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले कृषि उत्पादनलाई सराङकोटको पर्यटनसंग जोड्न सके स्थानिय उत्पादनको मुल्य र महत्व,बढ्ने बताए ।

संस्थाका अध्यक्ष बलराम कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा वार्ड सदस्य कल्पना ढकाल, कृषि संञ्जालका अध्यक्ष वेल बहादुर थापा, सचिव मिन बहादुर थापाले कार्यक्रम माथी प्रकाश पारेका थिए । सराङकोटमा विभिन्न समुह मार्फत यस बर्ष ३ हजार के.जी आलु रोपिने भएको छ ।

केन्द्र मार्फत सहकारीले करीब ३० रोपनी जग्गामा महिला समुह मार्फत ६सय के जी आलुखेती गरीने योजना रहेको महिला समुहका संयोजक सिता थापाले बताईन ।

२१ कार्तिक २०८१, बुधबार १४:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा