Play

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य र आयुक्तहरुमा बिष्ट र भण्डारी बन्दै

गुरुकुल खबर


पोखरा, राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा‍. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सूचना आयुक्तहरूमा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्व सदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । आचार्य नेपाली कांग्रस निकट मानिन्छन भने बिष्ट र भण्डारी नेकपा एमाले निकट मानिन्छन।

सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो । यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो । प्रमुख आयुक्त पदका लागि १६ जना र आयुक्त पदका लागि २९ जनाको आवेदन परेको थियो।

मन्त्रिपरिषदले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ खुवाउने कानुनि ब्यबस्था रहेको छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचना आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीको ५ वर्षे पदावधि सकिन लागेकाले रिक्त हुने उक्त पदमा योग्य र उपयुक्त व्यक्तिको नियुक्तिका लागि सिफारिस गर्न ऐनको दफा ११ को उपदफा ३ बमोजिम गठित सिफारिस समितिको बैठकले आयोगको रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न योग्य तथा इच्छुक उम्मेदवारबाट दरखास्त माग गर्ने निर्णय गरेअनुसार यो दरखास्त आह्वान गरेको थियो ।

ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन्।

२० कार्तिक २०८१, मंगलवार १३:४८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा