Play

भाइटिका महोत्सबमा १२ देशका ५६ पर्यटक सहभागी

गुरुकुल खबर


पोखरा, तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो ।

नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए ।

सप्तरंगी टिका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिए र सेलरोटी लगायतका परिकार पस्किए । सँगै देउसीभैलो र नाचगानको कार्यक्रम पनि देखाए । सहभागी पर्यटक पनि नाचगानमा साथ दिंदै रमाए । आफ्नो नेपाली नाम लिला राखेकी एक चिनिया पर्यटकले भाइटिका लगाउन पाउँदा आफू प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन् ।

महोत्सवमा इजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गरिएको हो । घरमा जसरी दिदीबहिनीबाट टिका ग्रहण गरिन्छ त्यही तरिकाले पर्यटकलाई टिका लगाइदिने र तिहारबारे जानकारी दिंदै पर्यटकलाई दोहोर्याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास संघका अध्यक्ष सुवेदीले व्यक्त गरे ।

कार्यक्रमको संचालन महासचिव ढकालले गरेका थिए । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रबद्र्धन गरेका थिए । गोर्खा वियर र इसेवा होटल्सले महोत्सवलाई सघाएका थिए । अनलाइन पार्टनरमा रिभेल एप रहेको थियो ।

१९ कार्तिक २०८१, सोमबार ०६:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा