Play

पोखरा -२३ चापकोटमा नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका वडा नं.२३ चापाकोटमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेको उक्त स्वास्थ्य चौकीमाआम सर्बसाधारणको लागि  नियमित स्वास्थ्य सेवा सहित सुत्केरी सेवा, नियमित खोप सेवा, दन्त सेवा लगायत सेवाहरू उपलब्ध रहेको पोखरा -२३ का वडाध्यक्ष रामकाजी गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।

उक्त स्वास्थ्य चौकी भवन निर्माणमा ३ करोड ८० लाख रुपैया खर्च भएको बुझिएको छ । पोखरा महानगरपालिकाको आफ्नो खर्चमा निर्माण गरिएको उक्त भवन साढे दुई तलाको अत्याधुनिक र सुविधा सम्पन्न रहेको छ

स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्यका आधारभूत सेवाहरू स्थानीय स्तरमै उपलब्ध गराउनको लागि आबश्यक पूर्वाधार तयार गर्न र आवश्यक जनशक्तिको व्यवस्थापन गर्न महानगरपालिका प्रयासरत रहेको जानकारी दिए।

पोखरा महानगरपालिकाका अन्तर्गत ५१ वटा स्वास्थ्य संस्थाहरूको संरचना तयार गरेरा महानगरबाशीहरुलाई स्वास्थ्यसेवा  प्रवाह गरिरहेको जानकारी दिंदै आचार्यले ती सबै स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला समेत ब्यबस्था गरिने बताए।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइले नगरबाशीलाई स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य चौकी भवन अत्यावश्यक रहेको भन्दै स्वास्थ्य सम्बन्धि पुर्वाधार निर्माणमा महानगरपालिका गम्भीर रहेको जानकारी दिए । उक्त सेवा केन्द्र मार्फत वडा नं.२३ र छिमेकी वडाका बासिन्दाहरूलाई समेत स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उनको भनाई थियो।

स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय मनवीर सुनारले जग्गा दान गरेका थिए। उनलाई महानगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत चौलागाइ सहित वडा न. २३ का  वडाअध्यक्ष रामकाजी गुरुङ लगायतले सम्मान गरेका थिए ।

 

९ कार्तिक २०८१, शुक्रबार १४:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा